समाचार

नेपालले टी–२० शुंखलामा वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
वेस्ट इन्डिज ‘ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृंखलामा नेपालले विजयी सुरुआत गरेको छ। आज (शनिबार) भएको खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो। वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए। रोहित ५४ बलमा १...
राष्ट्रिय महिला हक्कीको सुरुआती खेलमै गण्डकीको हार
छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको पहिलो खेलमै गण्डकीले हार व्यहोरेको छ। गण्डकीले शनिबारदेखि  सुरु प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबसँगको सुरुवाती खेलमै हार व्यहोरेको हो। धुलिखेल खेल मैदानमा भएको उद्घाटन खेलमा आर्मीसँग गण्डकी प्रदेश ३–० गोल अन्तरले हार्न पुग्यो। आर्मीको जितमा सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले समान १/१ गोलको योगदान...
पोखरामा शनिबारदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसीप हुँदै
पोखरामा भोलि (शनिबार)देखि दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुँदैछ। नेपाल ट्रायथलन एशोसियसन (एनटीए) को आयोजनामा पोखरामा चौथो संस्करणको एसिया कप पुरुष तथा महिला ट्रायथलन हुन लागेको आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। साथै, यो दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुने आयोजकले बताएको छ। आयोजकका अनुसार कोरोनाका कारण २ वर्ष रोकिएको च्याम्पियनसीप यस वर्ष हुन लागेको हो।...
गण्डकी प्रदेश प्रहरी प्रमुख बनेर आइन् डीआइजी दुर्गा सिंह चन्द
गण्डकी प्रदेश प्रहरीको नयाँ प्रमुखका रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्द आउने भएकी छिन्। डीआईजी विकासराज खनालको उमेर हदका कारण अवकास भएपछि गएको बैशाख ७ गतेदेखि रिक्त रहेको गण्डकी प्रदेश नयाँ प्रमुखको जिम्मेवारी डीआईजी दुर्गा सिंहले पाएकी छिन्। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय भएको हो। डिआइजी दुर्गा...
अमेरिकामा ‘टिकटक ब्याण्ड’ गर्ने कानुन पारित भएपछि …
टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्स लिमिटेडले टिकटकबारे आएका हल्लाहरूको खण्डन गर्दै टिकटक बेच्ने कुनै योजना नभएको जनाएको छ। अमेरिकाले ‘प्रयोगकर्ताको गोपनीयता सार्वजनिक हुनसक्ने’ भन्दै टिकटकमा प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै आएका हल्लाहरूको खण्डन गर्दै ती हल्लाहरू सत्य नभएको बाइट्ड्यान्सले जनाएको हो। ‘बाइट्ड्यान्ससँग टिकटक बेच्ने कुनै योजना छैन, विदेशी मिडिया रिपोर्टहरू सत्य होइनन्’ कम्पनीले आफ्नो स्वामित्वमा...
९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिवन्ध
अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ। तल्लो सदन कँग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो। यो विधेयकले टिकटकको संचालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ। यदि, बिक्री नगरेमा ९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ। सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ। त्यो अवस्थामा...
पोखरा महानगरस्तरिय अन्तरविद्यालय छात्रा क्रिकेट शनिबारदेखि सुरु
पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि हुँदैछ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनामा प्रतियोगिता हुन लागेको हो। यहि बैशाख १५ देखि २१ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको आयोजक समितिले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास...
पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको साथ
आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउँदैछ। सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र ग्रुपका निर्देशक किरण केसीबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार अवार्ड कार्यक्रममा केसी ग्रुपले ५० हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिएका छन्। निर्देशक केसीसँग मञ्चका अध्यक्ष बराल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्चका...
पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सकियो
पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ। श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित तीन दिने मेला बुधबार सकिएको हो। गण्डकी प्रदेका मुख्यमन्त्री खगराज अधिकारीले बुधबार एक समारोहबीच समापन गरेका हुन्।...
पोखरा–२५ मा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू
पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ। ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम संचालन गरिएको हो। हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको हो। ‘विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर...