नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन्।

प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन्।
मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ मत ल्याउँदा सिग्देलले २ सय ४ मत पाए।
जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट मानिन्छन्।
उपाध्यक्षमा राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे।
सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए।
खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए।
त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित बनिन्।
५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो।

This will close in 10 seconds