व्याडमिन्टनकी दिलासा राना ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट उदीयमान खेलाडी बनेकी छिन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा दिलासा वर्ष उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइन्।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी दिलासाले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारिन्।
यस विधामा दिलासासँगै क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की नोमिनेसनमा परेका थिए।

This will close in 10 seconds