आइटीएफ तेक्वान्दोकी सुस्मिता थापा महिलातर्फको उत्कृष्ट खेलाडी

आइटीएफ तेक्वान्दोकी सुस्मिता थापा महिलातर्फको उत्कृष्ट खेलाडी

Best Player, Womens

आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट खेलाडी बनेकी छिन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा सुस्मिता महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बन्न सफल बनिन्।

उत्कृष्ट खेलाडी सुस्मिताले टेल्जीको इलेक्ट्रिक स्कूटर र ट्रफी हात पारिन्।

यस विधामा सुस्मितासँगै राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र आर्चरीकी अनुष्का शेरचन मनोनयनमा परेका थिए।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds