भलिबलका रमेस केसी ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा रमेस वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन्।
वर्ष उत्कृष्ट प्रशिक्षक रमेसले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारे।
यस विधामा रमेससँगै टेनिसका निरज थापा र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका थिए।

This will close in 10 seconds