अर्थ–बजार

माछापुच्छ्रे बैंकले गर्‍यो २५ लाख सहयोग
पोखरा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकले २५ लाख सहयोग गरेको छ ।गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरो प्रभावितको सयोगका लागि बैंकले २५ लाख सहयोग गरेको हो । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे । कार्यक्रममा...
आर्थिक अपराध नियन्त्रण गर्न छुट्टै ब्युरो स्थापना गरिँदै
काठमाडौं । सरकारले वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया अघि बढाएको छ । नेपालमा आर्थिक अपराधका घटना वृद्धि भएसँगै त्यसका लागि वित्तीय अपराध नियन्त्रण ब्युरो स्थापना गर्न लागिएको हो । गृह मन्त्रालयकाअनुसार हाल नेपाल प्रहरीबाट तयार पारिएको वित्तीय अपराध नियन्त्रण ब्यूरोसम्बन्धी अवधारणापत्रमा छलफल भइरहेको छ । केही चरणमा छलफलसमेत भइसकेको र केन्द्रीय अनुसन्धान ब्युरोको नियमावली...
पाडीबाछी हुर्काउन गण्डकी प्रदेश सरकारले गर्‍यो अनुदान वितरण
तनहुँ, ५ । पाडी र बाछी हुर्काउन गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा र६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन...
जनताको चेतनास्तर बढेन भने ‘भगवान’हरू आइरहन्छन् : डा. बाबुराम भट्टराई
पोखरा, ४ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी( नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बढ्दो भ्रष्टाचार र राज्य सत्ताको दोहनले नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्न भारतकोजस्तै ‘जनलोकपाल विधेयक’ को निर्माणसहित राज्यसत्ताको दोहन गर्ने आसेपासे पूँजीवादको अन्त्य हुनुपर्ने पनि बताएका छन् । देशलाई आर्थिक रुपले समुन्नत बनाउनको निम्ति राजनीतिमा...
 यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६...
सहकारी ठगी
पक्राउ परे रास्वपा सभापति लामिछाने, गाडीबाट पोखरा ल्याइने
पोखरा । प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । काठमाडौंमा पक्राउ परेका उनलाई आजै गाडीमार्फत् पोखरा ल्याइने भएको प्रहरीले बताएको छ । कास्की प्रहरीमा उनी विरुद्ध उजरी परेको छ । लामिछानेको आग्रहमा उनलाई गाडीबाट पोखरा ल्याउन लागिएको स्रोतको दाबी छ । उनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान...
मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
चितवन । मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६.५०, दोस्रो वर्गमा १ एक सय ५८ र तेस्रो वर्गमा एक सय...
दसैंमा मुस्ताङबाट १६ करोडको भेडाच्याङग्रा बिक्री
पोखरा ।  मुस्ताङबाट यो दसैंमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका अनुसार पाँच सय भेडा र सात हजार पाँच सय...
गत साउन र भदौमा ७ अर्ब ५५ करोडको बिजुली निर्यात
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी  ७ अर्बको विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले गत साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा  ३ अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको...