Main News 2

एक दिवसीय क्रिकेट
सांग्रिलालाई हराउँदै पोखरा सेमिफाइनलमा
पोखरा । गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेटमा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप...
राष्ट्रिय पुरुष क्रिकेटका लागि गण्डकीको टोली घोषणा
पोखरा । वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने खेलका लागि गण्डकी प्रादेशिक क्रिकेट सघले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मंगलबार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत हुन् । वाई वाई अन्डर...
भिन्तुना र्‍यालीले नेपाल सम्वत ११४५ लाई पोखरामा स्वागत गरिने
पोखरा ।नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना र्‍याली प्रर्दशन गरिने भएको छ । नेवा खलः कास्कीको आह्वान तथा बागबजार तायामाचाः समितिको आयोजनामा न्हुँ दया भिन्तुना र्‍याली निकालिने भएको हो । नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार यसवर्ष कार्तिक १७ गते शनिबार न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा मनाइँदै...
काठमाडौं—पोखरा दौड
२ सय किमी तीन दिनमा पार गर्दै धावक अर्जुन गोदार
पोखरा । कास्कीको रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले काठमाडौंंबाट पोखरासम्मको दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल उनले काठमाडौंको दशरथ रंगशालाबाट सोमबार दौड सुरु गरेका हुन् । पहिलो दिनमा धादिङको मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गरेका छन् । करिब...
त्रिभुवन विश्व विद्यालयले अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र सोध्न‍े
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ । त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईलाई उक्त निर्णयबारे सोमबार जानकारी गराउँदै लेखेको पत्र अनुसार यसअघिको मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन...
खेलकुद
नेपालसँग तीन वटै खेलमा अमेरिका पराजित
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी–२० आई सिरिज जितेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको छ । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमवल...
अमेरिका अर्को खेलमा पनि पराजित, नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जित्यो
पोखरा । टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोली अमेरिकालाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जितेको छ । आइतबार भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २–० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टि२० सिरिज...
रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइने, समर्थक र सहकारी पीडित प्रदर्शनको तयारीमा
पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको रविलाई म्याद थपका लागि आज अदालत लान लागिएको हो । सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरी कास्की पठाएको...
सहकारी ठगी
रवि लामिछोनलाई आज बिहानपख पोखरा ल्याइयो, स्वास्थ्य परीक्षण गरी हिरासतमा राखियो
पोखरा । सहकारी ठगी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ । उनलाई शनिबार बिहान करिब २ बजेतिर पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ पौन ६ बजे काठमाडौंबाट पक्राउ गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका लामिछोलाई...
सहकारी ठगी
रास्वपा केन्द्रीय कार्यालमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी, राज्यले पूर्वाग्रह राख्यो : रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ । रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको हो । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए भने लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् । फक्राउ पर्नु अघि उनले संक्षिप्त सम्बोधनमा सरकारले...