Main News 2

स्वरुप परिवर्तन गर्ने ३५ मोटरसाइकल कारबाहीमा
पोखरा । कास्की प्रहरीले स्वरुप परिवर्तन गर्ने ३५ वटा मोटरसाइकलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्र्दै हिड्ने सवारी साधन कारबाहीमा परेका हुन् । स्वरुप परिवर्तन (मोडिफाइ) गरिएका ३५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको...
अनलाइन सेवा डटकमले व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै
पोखरा । व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ । पोखरामा आज पत्रकार सम्मेलन गर्दै अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई डिजिटल युगतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुुभयो । पोखरामा स्थायी घर भई...
फोटो पत्रकारिता दिवसमा पोखराको महाप्रभुधाममा फोटो यात्रा
पोखरा । ९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ । संघले शनिबार पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा गरेको हो । कार्यक्रममा महाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समिति अध्यक्ष नवराज बरालले वि.स. १९७२ सालमा स्वर्गद्वारीबाट गुरु कोपिलानन्द स्वामी...
डिजिटल मार्केटिङ सम्बन्धी तीन दिने तालिम सुरु
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ । महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो । पछिल्ला समयमा पर्यटन व्यवसायका...
इजरायली हवाई आक्रमणबाट गाजामा २५ जनाको मृत्यु
गाजा सिटी । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् । इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो । नागरिक सुरक्षा निकायका...
पोखरा १३ साझामा प्रो स्टाइल्स हेयर कट्स एन्ड ब्युटी सैलुन सञ्चालनमा
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ साझामा प्रो स्टाइल्स हेयर कट्स एन्ड ब्युटी सैलुन सञ्चालनमा आएको छ । स्थानीय सुष्मा बराल र प्रतिमा बरालले सैलुन सञ्चालन गर्नुभएको हो । अत्याधुनिक सुविधा युक्त सैलुनको आइतबार पोखरामहानगर पालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले रिबन काटेर शुम्भारम्भ गर्नुभयो । बरालद्वयले सैलुन र पार्लर सम्बन्धी ३...
दमौलीमा मधुमेह र थाइराइडको निशुल्क जाँच
तनहुँ । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले गुणस्तरीय ल्याबका सेवा र विशेष विशेषता प्राप्त चिकित्सको परामर्श सित्तैमा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको...
युआरएलमा वैशाखमा सबै जाँचमा ३० प्रतिशत छुट, न्युरोडमा थाइराइड सित्तैमा
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाका सबै सेवामा ३० प्रतिशत छुट दिएको छ । नयाँ वर्षकै अवसरमा युआरएलको सभागृहचोकमा रहेको मुख्य...
मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस आजदेखि
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ । आयोजक संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि ब्वाइज तथा गल्सतर्फ सिंगल,डबल्स गरी विभिन्न १४ इभेन्टमा प्रतिस्पर्धा हुने...
तेस्रो नवदुर्गा कप उपाधि एनवाइसीलाई
पोखरा । नवदुर्गा युवा क्लब पोखरा-१३ आर्वाको आयोजना तथा नवदुर्गा टोल विकास संस्थाको सह-आयोजनामा भएको तेस्रो नवदुर्गा कप भलिबल उपाधि एनवाईसीले हात पारेको छ। गलकोट क्लब उपविजेता बन्यो । प्रथम र दितिय समुहले क्रमश ४५,००० र ३०,००० का साथमा ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त गरे।बेस्ट पिलेयर ,बेस्ट सेटर,बेस्ट डिफेन्डर ले एक हजारको साथमा टर्फी ,मेडल...