Main News 2

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण...
पोखराकाे टेम्पल ट्री रिसाेर्ट १५ औं वर्षमा, कर्मचारीलाई सम्मानसहित आश्रमलाई सहयोग
पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले स्थापनाको १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान वर्ष उत्कृष्ट कर्मचारीलाई मेडल सहित सम्मान प्रदान गरेको छ । वर्ष उत्कृष्ट कर्मचारीको उपाधि तिर्थराज अधिकारीले पाए । त्यसै...
चलचित्र ‘द्रौपदी’ टोली पोखरामा, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी
पोखरा ।  चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ ।  चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो। चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्य का अनुसार, चलचित्रले मौलिक कथा प्रस्तुत गर्नेछ। डोल्पाका सुन्दर भू–दृश्यहरू...
पोखराको कोमागाने पार्कमा होलिल्यान्डको रौनक
पोखरा ।  पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको `होलिल्याण्ड´ कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो । करिब १५ हजार दर्शकले कार्यक्रममा भाग लिएको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले दाबी गरे । डिजे डेनी, डिजे अनिष, डिजे...
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल
काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो...
पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार
पोखरा ।  पोखरा महानगर क्षेत्रको  फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुन...
“हिमाल जोगाऔं, पृथ्वी बचाऔं” कार्यक्रम न्युयोर्कमा सम्पन्न
 न्ययोर्क । पर्वते खेलकुद संघ न्यूयोर्क र साथसाथै संस्थाको संयुक्त आयोजनामा “हिमाल जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मुख्य उद्देश्यका साथ एक विशेष अन्तर्क्रिया कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार अनिता बिन्दु, रेडियो कान्तिपुरकी सञ्चारकर्मी...
जुत्ता व्यवसायी संघ कास्कीको साधारण सभा सम्पन्न
पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको आठौं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रूद्रनाथ बरालले एउटा व्यवसायीक संस्थाले आफ्ना सदस्यहरुको हक हितको लागि धेरै राम्रो काम गरेकोमा बधाई दिदै आगामी दिनमा पनि संघले राम्रो कामलाई निरन्तरता दिनको लागि शुभकामना दिएका थिए । कार्यक्रममा जुत्ता व्यवसायी...
फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा सञ्जय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र...
इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले अनुपको नेतृत्वमा टुंग्यायो स्ववियु उम्मेद्वार
पोखरा । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो । प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा विनायक भुवाँजी, कोषाध्यक्षमा रोहितकुमार शाहलाई उम्मेद्वार बनाउने निर्णय भएको अनेरास्ववियु कास्की जिल्ला सचिव रवि क्षेत्रीले जानकारी...