Main News 2

पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्षमा कास्कीका रामकृष्ण ज्ञवालीको उम्मेदवारी
पोखरा ।  नेपाल पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्षमा कास्कीका रामकृष्ण ज्ञवालीले उम्मेवारी दिएका छन् । उनले प्रेस चौतारी र प्रेस युनियन मिलेर बनेको प्यानलबाट उम्मेदवारी दिएका हुन् । पोखराबाट प्रकाशित हुने समाधान दैनिकका प्रधान सम्पादक ज्ञवाली पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् । काडमाडौंबाट प्रकाशित हुने राजधानी दैनिक, एभिन्युज टेलिभिजनमा काम गरिसकेको...
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई पोखरा ल्याइयो
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट पोखरा ल्याइएको छ । साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर बयान सकिएपछि तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज बिहान पोखरा ल्याइएको हो । चितवन प्रहरीका अनुसार हिजो राति ८...
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपालय ने‍टवर्क । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ । बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर  गरे । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको...
पोखरा एभेन्जर्स चितवन राइनोजसँग पराजित
काठमाडौं (नेपालय नेटवर्क) नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स चितवन राइनोजसँग ८७ रनले पराजित भएको छ । १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ ओभर १ बलमा ७४ रन मात्र बनाउन सक्यो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन...
असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिएका छन् । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने बताए । पोखरा वडा नं. १५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ समुद्घाटन समारोहमा उनले...
स्थानीय तह उपनिर्वाचनमा २४ स्थानकाे मत परिणाम सार्वजनिक
पोखरा ।  हिजो भएको  सम्पन्न स्थानीय तह उपनिर्वाचनको २४ स्थानको उपनिर्वाचन प्राप्त भएको छ । जसमा नेपाली कांग्रेस १३, नेकपा एमाले ५, माओवादी ४, जनता समाजवादी पार्टी नेपाल २ र एकीकृत समाजवादी पार्टीका एक जना वडाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसले निर्वाचन आयोगका अनुसार हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द,...
पोखराको ढुंगेसाँघुमा हुने शुक्लागण्डकी कोटीहोमको तयारी पूरा
पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुंगेसाँघु पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम–२०८१ को तयारी पूरा भएको छ । कोटीहोमको सोेमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा मंसिर १७ देखि २७ गतेसम्म कोटीहोम हुन लागेको...
  गण्डकीको गाेरखा ५ सहित  स्थानीय तहमा रिक्त ४१ पदमा आज मतदान
पोखरा ।  स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान सुरु भएको छ । आज बिहान  ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान समय तोकिएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम...
पोखराको घार्मीको ओमकारेश्वरमा बालाचतुर्दशी पर्व मनाइयो
पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ। पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि बिहानै...
कलम सहकारीको सम्मान कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई...