विभिन्न मुद्दाका १० जना फरार प्रतिवादी पक्राउ  

 विभिन्न मुद्दाका १० जना फरार प्रतिवादी पक्राउ  

police apu kharaini

पोखरा ।  तनहुँको इलाका प्रहरी कार्यालय आबुखैरेनीले विभिन्न मुद्दामा दोषी ठहर भई हालसम्म सजाय नपाएका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा विशेषरुपले अगाडि बढेको आबुखैरेनीको प्रहरी टोलीले  सार्वजनिक अपराध, चेक अनादर, लागुऔषध, कर्तव्यज्यान र बहुबिबाह मुद्दाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

गण्डकी प्रहरी कार्यालय पोखराका डिएसपी दीपकबहादुर बाेगटीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्ममा उनीहरुलाई पक्राउ गरिएको हो ।

 

    

      

प्रतिक्रिया