गण्डकी

जिल्ला प्रशासन बागलुङले भन्यो, ‘आँखा पाकेको भए नआउनु !
जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ। आँखा पाक्ने रोग लागेका बेला नागरिकता, राहदानीलगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाई पनि सर्ने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन भनिएको हो। प्रशासनले जिल्लाका स्थानीय तहहरुलाई समेत सूचना गर्न भनेको छ। प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने...
‘कञ्चन पत्रकारिता पुरस्कार’ हुम तमु र सुन्दर थकालीलाई अर्पण
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा संचालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन्। फोनिजको २४ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) पत्रकार तमु र थकालीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद २५ हजार रुपैयाँ...
सडक भासिँदा पृथ्वीराजमार्ग एकतर्फी संचालन
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा सडक भासिँदा एकतर्फी मात्रै सडक संचालन भएको छ। उक्त स्थानमा मंगलबार करिब साढे ११ बजे सडक भासिँदा सडक अवरुद्ध भएको हो। सडक भासिँदा साना सवारी साधन र एम्बुलेन्स एकतर्फी मात्रै संचालन भएको छ। मुग्लिङ–पोखरा सडक बिस्तारको क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षाका...
भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरुको आन्दोलन सुरु
तनहुँको भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरुले दवावमूलक शान्तिपूर्ण आन्दोलन गरेका छन्। मुआब्जा तोकेको २ वर्ष हुँदासम्म पनि उनीहरुले मुआब्जावापतको रकम नपाउँदा उनीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनस्वरुप उनीहरुले आज (मंगलबार) छिर्कनस्थित कार्यालयमा धर्ना कसे। कर्मचारीहरुलाई भित्रै राखेर कार्यालय समयभर कार्यालयमै ताला लगाइदिए। उनीहरुले उद्यानपार्क कार्यालयमा आफ्ना मागपत्र समेत बुझाए। उक्त क्षेत्रका १ सय ४२ घरधुरीका ९...
जिल्ला खेलकुद समितिहरुले प्रस्तुत गरे प्रगति विवरण
गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद खेलकुद विकास समितिहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एक कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाहरुमा भएका गतिविधिहरुबारे समेत समीक्षा गरिएको हो। आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरणसँगै चालू आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमबारे छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका...
पब्लिक क्याम्पसलाई मुख्यमन्त्री पाण्डेको सुझाब
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन्। शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानीअनुसारको प्रतिफल आउन सक्छ।’ सरकारले उच्च शिक्षामा गरेको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री...
जनता–राज्य मिले राज्यको समस्या हल हुन्छ : मन्त्री सिंखडा
सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुने दाबी गरेकी छिन्। मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले यस्तो धारणा राखेकी हुन्। ‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो’, उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे...
प्राकृतिक श्रोत समृद्धिको आधार: मन्त्री थापा
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रवहादुर थापाले प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिएका छन्। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंगल कार्यक्रमका वहु सरोकार योजना तर्जुमा कार्यशालाको आज (विहीबार) पोखरामा उद्घाटन गर्दै उनले आय–आर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गरिने बताए। ‘वन क्षेत्रको काठ कुहिएर...
गोरखाको बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधबार) बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गरेका छन्। गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटारमा प्रधानमन्त्री दाहालले फिल्ड कार्यालय उद्घाटन गरेका हुन्। कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव बैकुण्ठ अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, गोरखा र धादिङका सांसदहरुको सहभागिता थियो। फिल्ड कार्यालय उद्घाटन गर्नुअघि प्रधानमन्त्री दाहालले बुढी गण्डकी...
गण्डकी प्रदेशभर ६७ प्रतिशत मात्र धान रोपाइँ सकियो
रोपाईको मुख्य महिना मानिने असारसम्म गण्डकी प्रदेशभर जम्मा ६७ प्रतिशत मात्र रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय गण्डकीले जनाएअनुसार जम्मा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो। हालसम्म सबैभन्दा बढी नवलपुरमा ८५ प्रतिशत र सबैभन्दा कम म्याग्दीमा ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ। यस्तै कास्कीमा ८०, स्याङ्जामा ५०, पर्वतमा ६५, बागलुङमा ६५, तनहुँमा ६८,...