गण्डकी

रुपा गाउँपालिकामा ४७ करोडको सडक आयोजनाको शिलान्यास
पोखरा । कास्कीको रुपा गाउँपालिकामा ४७ करोडको सडक आयोेजनाको आज शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकार र संघीय सरकारको ५०/५० प्रतिशत बजेट रहेको रुपा गाउँपालिकाको रिङ रोड(चक्रपथ) अन्तर्गतको दोस्रो खण्ड रामकोट, ठूलीवेशी,स्यास्त्री, देउपूर्वेशी, पोल्याङ सडक आयोजनाको आज शिलान्यास गरिएको हो । यो योजना रुपा वडा नम्बर १ र ७ मा पर्दछ । रुपा गाउँपालिकाको...
पोखराका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा
पोखरा भदौ ३१ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको सरुवा भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले थापाको सरुवा गृह मन्त्रालयमा गरेको हो । पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवराज चौलागाईं आउने भएका छन् । उनी राष्ट्रिय दलित आयोगका सचिव थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा...
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण कार्की निर्वाचित
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । कार्कीले ४ सय ८८ मतले पोखरेललाई पराजित गरेका हुन् । पोखरेल प्यानल बनाएर चुनावी मैदानमा उत्रीएका थिए भने कार्की...
पारा ओलम्पिकमा कांस्य विजेता पलेसालाई पोखरामा सम्मान
पोखरा ३० भदौ । पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्धनलाई आज पोखरामा सम्मान गरिएको छ । तेक्वान्दो संघ गण्डकी र तेक्वान्दो संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा उनलाई पोखरा महानगरपालिकाले...
पोखरा उद्योग वाणिज्य संघमा मत गणनाहुँदै
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि हिजो भएको मतदानको अब केहीबेरपछि मत गणना सुरु हुँदैछ । निर्वाचन समितिका अनुसार मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । पोखरा उद्योग वाणिज्य संघमा २ हजार ९ सय ७ मतदाता रहेका छन् । आठ बजेबाट मतगणना सुरु गर्ने भनिएको थियो...
राष्ट्रिय अपांग कोषद्धारा ३२ ह्विलचेयर वितरण
राष्ट्रिय अपांग कोषले बिहीबार पोखरामा ह्विलचेयर वितरण गरेको छ। कोषले विषेशज्ञवाट नापजाँच एवं तालिमसहित ओम हङ गिल ह्यूमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर ३२ जनालाई बितरण गरेको हो। राष्ट्रिय अपांग कोषले दैनिक आवश्यक पर्ने सहायक सामग्री कृतिम हात खुट्टा, क्यालिपर, बैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयर जस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको...
परिणाममुखी योजनामा जोड दिउँ : कृषि मन्त्री श्रेष्ठ
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने कुरामा जोड दिएकी छिन्। वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले परिणाममुखी योजनाहरुमा जोड दिएकी हुन्। ‘योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन’, मन्त्री जिसीले उल्लेख गरिन्, ‘अब परिणाममुखी योजनाहरुमा जोड...
पर्वतको कुश्मामा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अभिमुखिकरण
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन्। उनले प्रदेशले प्राप्त गरेको...
पर्यटन शुल्कबारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण
स्थानीय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ। केहि दिनअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो। गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो। तर, फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले...
मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन्। गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन्। ‘पुर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती...