गण्डकी

नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई
पोखरा । नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले संचालन गरेको सो पुरस्कार मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै आश्रमलाई प्रदान गरिने शुक्रबार पत्रकार सम्मेलनको आयोजना घोषण गरेको हो । समाजसेवा पुरस्कारका लागि पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा निवर्तमान...
पोखरा महानगरको निर्णयको कर्मचारीका संघ, संगठनको पनि विरोध
पोखरा । पोखरा महानगरपालिकाको करार कर्मचारी हटाउने निर्णयको स्थानीय तह कर्मचारी संघ, संगठनले पनि विरोध गरेका छन् । कर्मचारीका संघ, संगठनले आज संयुक्त विज्ञप्ति निकालेर हिजो कात्तिक १५ गते बसेको पोखरा महानगरपालिका कार्यपालिका बैठकको निर्णय फिर्ता नभए आन्दोलन घोषणा गर्ने चेतावी समेत दिएका छन् । हिजोको कार्यापालिका बैठकले १० जना इन्जिनियर र १८ जना सबइिन्जिनियरलाई...
तिहार शुभकामना
सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ हुने प्रदेश प्रमुख भट्टको विश्वास
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्व, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट...
पोखरामा मौलिक तिहार उत्सव, मगर संघ च्याम्पियन
पोखरा । पोखरा टेलिभिजनले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सवमा नेपाल मगर संघ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्राह्मण, क्षेत्री, गन्धर्व समुदायबीच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो । च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी ,...
गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । गत कात्तिक १२ गतेको मन्त्री परिषद्को निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत् मुख्य मन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको हो । जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरु, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन...
शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई
पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गरिन लागेको हो । प्रतिष्ठानले सोमवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार उपाध्याय र...
तिहारमा स्वदेशी फूलको प्रयोग गर्न गण्डकीका कृषि मन्त्री श्रेष्ठको आग्रह
पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबारदेखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं...
एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन,सम्भावना नदेखेको हो : माधव नेपाल
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन सम्भावना नदेखेको बताएका छन् ।‘म एकताको विपक्षमा छैन,‘उनले भने,‘ नेकपा माओवादीसँग अहिले एकता गर्ने परिवेश बनेको छैन, एमालेसँग त सम्भावना नै देखेको छैन । ’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म पार्टी एकताको कुनै सम्भावना नरहेको उनको भनाइ थियो...
गण्डकीका प्रदेश प्रमुखले गरे मुक्ति क्षेत्र र कोरला नाका अवलोकन
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाली जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गरेका छन् । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म उनी पुगेका हुन् । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट नेपालका भुुभाग निरीक्षण गरे । । त्यसअघि जोमसोममा...
पोखराको एभरेस्ट एफएमको रक्तदानमा २५१ युनिट रगत संकलन
पोखरा । पोखराको पस्र्याङमा रहेको एभरेस्ट एफएमले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २ सय ५१ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय ३ जना पुरुष र ४८ जना महिला रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए...