गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्री मण्डल विस्तार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्री मण्डल विस्तार

विन्दु थापा, टकराज गुरुङ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री मण्डल विस्तार गरेका छन्।

आफू दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएसँगै पाण्डेले प्रदेशका लागि थप २ मन्त्री मण्डल समेत विस्तार गरेका हुन्।

पाण्डेले कास्कीका विन्दुकुमार थापा र लमजुङका टकराज गुरुङलाई मन्त्री मण्डलमा सामेल गराएका हुन्।

मुख्यमन्त्री पाण्डेसँगै विन्दुकुमार थापा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र टकराजले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

थापा, प्रदेशमा दोस्रो पटक र गुरुङ पहिलो पटक मन्त्री बनेका हुन्।

थापा, यसअघिको गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेलको मन्त्री मण्डलमा पहिलो पटक मन्त्री बनेका थिए।

आजै (बुधबार) नवनियुक्त मन्त्री थापा र गुरुङले मुख्यमन्त्री पाण्डेसँग पद तथा गोपनियताको सपथ लिएका छन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds