गण्डकी

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ, सबै नयाँ मन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद् पुर्न गठन गरेका छन् । पुराना सबै मन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका हुन् ।  नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ गराएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा...
चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघ नेपाल कास्कीले गरेका कामहरुको प्रशंसा गरे । उनले संघले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै...
पोखराको पुम्दीभुम्दीमा गुडिरहेको बसमा एक्कासी लाग्याे आगो
पोखरा । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–२२, पुम्दीभुम्दीमा  बसमा एक्कासी आगो लागेर ध्वस्त भएको छ । नयाँ वर्ष–२०८३ कै पहिलो दिन उक्त अप्रिय घटनामा मानवीय क्षति भने टरेको छ । वडा प्रहरी कार्यालय, बैदामका अनुसार गुडिरहेको ग १ ख ९५६२ नम्बरको बस पुम्दीभुम्दीको ठूलीबिडी पुग्दा मंगलबार साँझ वायरिङ सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।...
गण्डकीमा नियम विपरीत रकम रकमान्तर
पोखरा । गण्डकी प्रदेश सरकार ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरीत अर्बौं रुपैयाँ रकमान्तर गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालय को सातौं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुरु बजेट विनियोजन नै नभएका १ हजार ५० भन्दा बढी योजना तथा क्रियाकलापमा २ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकमान्तर गरिएको छ, जसमा १ अर्ब...
मार्च महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए
पोखरा । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् ।...
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बिएए’ ७८४६ नम्बरको जिप बिहीबार पहिलोपटक पुगेको गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो । “यसअघिका तीन वर्षमा...
गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना
काठमाडौं । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ। अर्थ मन्त्रालयले सात रुग्ण तथा बन्द सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया अघि बढाउने क्रममा एसियाली विकास बैंक (एडीबी) मार्फत तयार गरिएको प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाइएको हो। गोरखामा रहेकाे उद्योगको हालकै प्लान्टबाट समेत टायर...
फोटो पत्रकार संघ कास्कीकाे साधारण सभा
पोखरा । नेपाल फोटो पत्रकार संघ कास्कीको साधारण सभा मंगलबार भएको छ । कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा साधारण सभा भएको हो । साधारण सभाको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले दिगो र व्यावसायिक फोटो पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए । सूचना प्रविधिको युगमा स्तरीय फोटो खिच्न चूनौति...
कास्की याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम 
पोखरा । कास्कीको मादी गाउँपालिकास्थित याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता  भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्य प्रस रजिष्ट्रारको कार्यालयकाे आयाेजनामा भएको तालिम बुधबार सकिएको छ । तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको...
प्रहरीको अपरेसन ३६५ मा थप १० वटा मोटरसाइकल नियन्त्रणमा
पोखरा।  जिल्ला प्रहरी कार्यालय कास्की द्वारा सञ्चालन गरिएको “Operation 365” अभियान अन्तर्गत मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी अत्यधिक आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने तथा समाजमा त्रास फैलाउने गतिविधि बढ्दै गएको विषयमा प्राप्त व्यापक जनगुनासोका आधारमा कारबाही तीव्र पारिएको छ। यसै क्रममा मिति २०८२ चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका का विभिन्न स्थानबाट चर्को...