गण्डकी

गण्डकीका मन्त्री विन्दुको निवासमा तोडफोड र आगजनी
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा मन्त्री विन्दु थापाको निजी निवासमा तोडफोड र आगजनी र तोडफोड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरुले थापा निवासमा पनि आगजनी र तोडफोड गरेका हुन् ।
मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र  यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना...
पर्वतीय दौडलाई सफल पार्न पर्यटन व्यवसायीले सहयोग गर्ने
पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने बताउनु भएको छ । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने वचन...
४ सय जनाको सित्तैमा रक्त परीक्षण
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो । यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा...
खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदानमा ४८ युनिट रगत संकलन
पोखरा । खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो । रक्तदान कार्यक्रमको...
अपांगता भएकालाई सक्षम बनाउन जरूरीः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उहाँको भनाई छ । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका...
गण्डकी प्रदेशबाट दलित अधिकार तथा सशक्तिकरण ऐन पारित  
पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ ।यो विधेयक २०८१ चैत...
मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै
तनहुँ।  मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना(पश्चिम खण्ड) का प्रमुख कृष्ण कँुवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न...
भारतले  उपहार दिएको ‘रोहित’ नामको मुर्रा राँगा पोखरामा मर्‍याे 
पोखरा । भारतले नेपाललाई उपहार दिएको मुर्रा जातका राँगामध्ये एक मरेको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय छिनेडाँडामा राखिएका ७ मुर्रा राँगा मध्ये रोहित नामक राँगा गत साउन ३० गते मरेको कार्यालयका निमित्त प्रमुख विश्वनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी भएको राँगा उपचारका क्रममै मरेको हो । गत साउन १७ गतेदेखि बिरामी परेको...
म्याग्दीको अन्नपूर्ण गापास्थित दाना ३ को क्षेत्री समाज नेपाल अध्यक्षमा सुवेदी
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ स्थित दानामा भएको भेलाले क्षेत्री समाज नेपाल अन्नपूर्ण दाना ३ को नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले दुर्गादत्त सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गादेवी बरुवाल खत्री, सचिवमा चन्द्रबहादुर थापा, सहसचिवमा गीता जिसी सुवेदी, कोषाध्यक्षमा पशुपति जिसी, सहकोषाध्यक्षमा लीला केसी चयन हुनुभएको...