Breaking 2

पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटायो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको हो ।
पोखरा २८ बिमिरापानीका आत्रीय गोत्र,पौडेल बन्धुहरूले गरे कुल पुजा
पोखरा । पोखरा २८ कलिका बिमिरापानीमा मुल थलो भई देशका विभिन्न भागमा बसोबास गर्ने आत्रीय गोत्रका पौडेल बन्धुहरुले धुमधामका साथ कुल पुजा गरेका छन्। पोखरा २८ कालिमाटे,डिहीमा रहेको कुल देवता मन्दिरमा पुगी उनीहरुले विधिपुर्वक पुजा आजा गरेका हुन् । पुजामा पोखरा भन्दा बाहिर रहेका पौडेल बन्धु बान्धवहरूको सहभागिता रहेको थियो । पौडेल कुल मन्दिर व्यवस्थापन...
विदेशमा दैनिक चार नेपालीको गुम्छ ज्यान
काठमाडौँ, असार १६ गते । ‘जाँदा आकाशमा र फर्कंदा बाकसमा’ चर्चित यो गीतले भनेझैँ वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्कनेक्रम चिन्ताजनक देखिएको छ । घरपरिवार चलाउने र आर्थिक अवस्था सुधार्ने सुन्दर सपना बोकेर बिदेसिएका युवा निर्जीव शरीर बनेर फर्कंदा उनीहरूका परिवारमा पर्ने पीडा हृदयविदारक छ । यस्तो पीडा दैनिक चार युवाको परिवारले भोग्ने गरेको...
विश्वकपको नकआउट समीकरण पूरा
अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप–२०२६ को नकआउटअ समीकरण पूरा भएको छ । आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलसँगै सहभागी ४८ देशबाट १२ समूहको शीर्ष दुई र आठ वटा उत्कृष्ट तेस्रो टोलीसहित नकआउट पुग्ने ३२ टोलीको टुङ्गो लागेको हो । विश्वकपमा युरोपबाट सर्वाधिक १३ टोली नकआउट चरणमा पुगेका छन् । यस्तै अफ्रिकाबाट नौ, दक्षिण...
मेक्सिको र दक्षिण अफ्रिका अर्को चरणमा प्रवेश
काठमाडौँ । विश्वकप आयोजक मेक्सिको र दक्षिण अफ्रिका फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत बिहीबार बिहान भएको खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई ३–० गोलले हरायो । मेक्सिको समूहमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो । अर्को खेलमा दक्षिण अफ्रिकाले एसियाली टोली दक्षिण कोरियालाई १–० गोलले हराउँदै नकआउट चरणमा...
फेवातालमा डुबेर मृत्यु
पोखरा। पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं. १५, रामबजार बस्ने १९ वर्षीय अमर थापाको तालमा डुबेर मृत्यु भएको हो । मङ्गलबार साँझ पौडी खेल्ने क्रममा फेवातालमा युवक बेपत्ता भएको जानकारी पाएपछि राति ८ बजेबाट उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर...
 रूपा गाउँपालिकाले ल्यायो ५५ करोड ३८ लाखको बजेट (पूर्ण पाठसहित)
रूपाकोट। रूपा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताइन। बजेटको आकार कुल बजेट: रु. ५५ करोड ३८ लाख १ हजार चालु खर्च: रु....
‘पर्यटन प्रवर्ध्दनमा समन्वय र सहकार्य आवश्यक’
जोमसोम । सहकार्य र समन्वयबाट मात्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने एक कार्यक्रममा बक्ताहरुले बताएका छन् । उनीहरुले पर्यटकीय राजधानी पोखरासँगै मुस्ताङ र समग्र गण्डकी प्रदेशकै प्रवद्र्धनमा सरोकारवाला निकायबीच समन्वय र सहकार्यको खाँचो औंल्याएका हुन् । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा आइतबार मुस्ताङको जोमसोमा पर्यटन प्रर्वद्धन सम्भावना, चुनौतीको...
अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा
आयोजक अमेरिका फिफा विश्वकप फुटबल–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत अमेरिकाको सिएटल स्टेडियम शुक्रबार राति भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई २–० गोलले हरायो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो । अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले ४३औँ मिनेटमा एक गोल गर्नुभयो ।...
विद्यालयस्तरीय हक्की प्रतियोगितामा सेन्ट फ्रान्सिस र कालिका माविलाई उपाधि
पोखरा ५ असार । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत विद्यालयस्तरीय हक्की प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा छात्रतर्फ सेन्ट फ्रान्सिस स्कुल र छात्रातर्फ कालिका माध्यमिक विद्यालयले उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच...