Breaking 2

अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा
आयोजक अमेरिका फिफा विश्वकप फुटबल–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत अमेरिकाको सिएटल स्टेडियम शुक्रबार राति भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई २–० गोलले हरायो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो । अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले ४३औँ मिनेटमा एक गोल गर्नुभयो ।...
विद्यालयस्तरीय हक्की प्रतियोगितामा सेन्ट फ्रान्सिस र कालिका माविलाई उपाधि
पोखरा ५ असार । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत विद्यालयस्तरीय हक्की प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा छात्रतर्फ सेन्ट फ्रान्सिस स्कुल र छात्रातर्फ कालिका माध्यमिक विद्यालयले उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच...
इङ्गल्यान्ड र घानाको विजयी सुरुवात
इङ्गल्यान्ड र घानाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेका छन् । समूह ‘एल’ अन्तर्गत बुधबार राति भएको खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोलले हरायो । यही समूहको अर्को खेलमा अफ्रकी टोली घानाले पानमालाई १–० गोलले स्तब्ध बनायो । अमेरिकाको डालास रङ्गशालामा भएको खेलमा इङ्गल्यान्डलाई जिताउन कप्तान ह्यारी केनले १२औँ र ४२औँ मिनेटमा दुई गोल गर्नुभयो ।...
जोर्डनमाथि अस्ट्रियाको सहज जित
विश्वकपमा डेब्यु गरेको एीसयाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ । अमेरिकास्थित सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाले जोर्डनलाई ३–१ गोलले हरायो । अस्ट्रियाका लागि रोमानो स्मिडले २१औँ र मार्को अर्नाउटोभिकले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्नुभएको थियो । अस्ट्रियाले अर्को गोल ७६औँ मिनेटमा आत्मघाती उपहार...
पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
अमेरिका । पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको दोस्रो महाधिवेशन न्यूयोर्कको हिक्सभिलस्थित Village Green परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा पूर्ण श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश शर्मा, सचिवमा सविन...
गण्डकी प्रदेशको ३३ अर्बको बजेट, विकास खर्चमा २० अर्ब
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । उनले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरे । विनियोजित कुल बजेटमध्ये विकास...
तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन
तनहुँ। प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् ।व्यास नगरपालिका–१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो ।केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी नौ प्रजातिका करिब एक सयको सङ्ख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन् ।...
कास्की प्रहरीमा जेठ एकदेखि २८ सम्म २ सय बढी मुद्दा दर्ता
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै विभिन्न विधाका २०६ वटा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ । जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ६५ जना फरार प्रतिवादी र ५ जना विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा सबैभन्दा...
नेपालमा मनसुन भित्रन तम्तयार
काठमाडौँ । यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केही दिन पर सर्दै जुन १३ तारिखमा स्थानान्तरण भएको हो । सोही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा...
पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोउवा संघले राख्यो एयरपोर्टमा डिस्प्ले बोर्ड
पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरुको परिचय दिने गरी बोर्ड राखेको छ । स्मार्ट डिस्प्ले बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमनी सुरेन्द्रराज पाण्डेको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले स्वागत गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्यन प्राधिकरण पोखरा शाखासँगको समन्वयमा विमानस्थलको...