पोखराको पुम्दीभुम्दीमा गुडिरहेको बसमा एक्कासी लाग्याे आगो

पोखराको पुम्दीभुम्दीमा गुडिरहेको बसमा एक्कासी लाग्याे आगो

bus-aaglagi-1024×512

पोखरा । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–२२, पुम्दीभुम्दीमा  बसमा एक्कासी आगो लागेर ध्वस्त भएको छ । नयाँ वर्ष–२०८३ कै पहिलो दिन उक्त अप्रिय घटनामा मानवीय क्षति भने टरेको छ ।

वडा प्रहरी कार्यालय, बैदामका अनुसार गुडिरहेको ग १ ख ९५६२ नम्बरको बस पुम्दीभुम्दीको ठूलीबिडी पुग्दा मंगलबार साँझ वायरिङ सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

गाडीमा एक्कासि आगो दनदनी बल्न थालेपछि यात्रुहरु तत्काल ओर्लिएर ज्यान जोगाउन सफल भएका छन् । स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोट घुमेर फर्किएको गाडीमा अधिकांश स्याङ्जा निवासी यात्रुहरु थिए ।

सो घटनाको खबरपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईको कमाण्डमा १५ सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया