Breaking 1

प्रहीको डिएसपी हुँ भनेर धम्क्याउने  पाैडेल पोखरामा पक्राउ 
पोखरा। पोखराको सृजनाचोकस्थित ढावा रेष्टुरेन्ट एन्ड बार’मा  प्रहरीको  डीएसपी  भन्दै अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका ३२  वर्षीय  चन्द्रकान्त पौडेल  रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।   गत वैशाख ७ गते राति करिब १० बजे  रेष्टुरेन्टमा अर्डर गरी खानेकुरा खाएपछि आफू प्रहरी नायब उपरीक्षक...
सुकमाया कामीलाई ६३ वर्षमा नागरिकता
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ठूलाकोटमा जन्मनुभएकी सुकमाया कामीले ६३ वर्षको उमेर नागरिकता पाउनुभएको छ ।नागरिकता पाउँदा उहाँ निकै खुसी देखिनु हुन्छ । पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयले नागरिकता दिन जिल्ला प्रशासनमा सिफारिस गरेपछि उहाँले नागरिकता पाउनुभएको हो । उहाँको श्रीमानको निधन भइसकेको, विवाह दर्ता र जन्म दर्ता पनि नहुँदा नागरिकता...
अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा
काठमाडौँ ।  निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतालाई प्रहरीले रिहा गरेको छ । सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानबहादुर शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतलाई नियन्त्रणमा लिइ अहिले छाडिएको...
कास्कीका पत्रकारलाई अदालती रिपोर्टिङ सम्बन्धी तालिम
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शुक्रबार र शनिबार भएको थियो । तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले र कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिएका...
व्यवस्था विरोधी गतिविधि किमार्थ स्वीकार्य हुन्न : गृहमन्त्री
पोखरा । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोध कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै उहाँले राजावादी या कुनै वादीको नाममा गरिने संविधान विरोध गतिविधिलाई निस्तेज पार्नुपर्ने बताउनुभयो । “नेपाली जनताले रगत बगाएर ल्याएको यो व्यवस्था विरोधी गतिविधिलाई क्षम्य गर्न सकिन्न,”उहाँले भन्नुभयो,“संविधानको अधिनमा रही...
केपी ओली कप टी २० क्रिकेटमा गण्डकी र काठमाडौँ फाइनलमा
पोखरा । केपी ओली कप टि २० क्रिकेटको फाइनलमा सिइसी काठमाडौँ र गण्डकी हिरोज भिड्ने भएका छन् । प्रतियोगितामा बिहीबार वर्षाका कारण पहिलो सेमिफाइनल खेल ५ ओभरमा खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो । फाइनल खेल शुक्रबार बिहान १० बजे सुरु हुनेछ । पहिलो सेमिफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई...
हेमजाको आलु महोत्सव आज सकिँदै
पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिँदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् । त्यस्तै समापनको दिन...
पोखराको काहुँडाँडाबाट देखिएको मनोरम दृश्य (फोटो फिचर)
पोखरा महानगरपालिका वडा नम्बर ११ मा पर्ने काहुँडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । काहुँडाँडाबाट पोखरा बजार, अन्नपूर्ण हिमश्रृखला लगायत मनोरम दृश्य देख्न सकिन्छ । पर्यटकलाई लक्षित गरी अहिले होटलहरु पनि काहुँडाँडामा सञ्चालनमा आएका छन् । पाेखरा बजारबाट नजिकै भएर पनि काहुँडाँडाँमा जुन रुपमा पर्यटकीय गतिविधि हुनुपर्ने हाे त्यति नभएकाे त्यहाँका हाेटल व्यवसायीकाे भनाइ छ...
नव वर्ष २०८२ सुरु, आज वैशाख १ गते
पोखरा ।  आज  नयाँ वर्षको पहिलो दिन ।  विक्रम संवत् २०८२  वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । नयाँ वर्षमा पर्यटकीय राजधानी पोखरासहित देशभरका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहल पहल बढेको छ । विशेषा गरी नेपालीहरुमा विशेष चाड पर्व, नेपाली नयाँ वर्ष र अंग्रेजी नयाँ वर्षमा...
पालिकाका प्रतिष्ठानसँग सहकार्य गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण
 पोखरा ।गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि  अवलोकन भ्रमण सहितको भेटघाट कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । पालिकामा रहेका प्रतिष्ठानबीच कला, साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले...