Breaking 1

गरिमाको १८ औं वार्षिकोत्सव,
गरिमाले पोखरामा गरेको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन
पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालयमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ । बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातातालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।...
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
काठमाडौं । मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेको छ ।  आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको हो । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रुपमा जानकारी पाउने व्यवस्था गर्न भनेको हो...
गण्डकीसहित देशभर आज मौसम सफा रहने
पोखरा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गण्डकी, कोशी, बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...
गण्डकीका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र  कोशी र  प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा...
बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के निरीक्षण
बागलुङ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार बागलुङ नगरपालिका–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका हुन् । दुई पांग्रे र...
विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा, पीडितले न्याय पाउने कहिले ?
काठमाडौं । नेपालमा विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।  विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते आजकै दिन विस्तृत शान्ति सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे  सम्झौतामा...
छविलाललाई काठमाडौं पठाइयो, रविलाई पनि पठाउने तयारी
पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडिआइजी छविलाल जोशीलाई अनुसन्धानको लागि काठमाडौं पठाइएको छ । पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सोधपुछका लागि काठमाडौं पठाइएको कास्की प्रहरीले बताएको छ । कास्की प्रहरी प्रवक्ता तथा...
कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा–बेनी सडक आजबाट ६ घण्टा बन्द
पोखरा । पर्वतको मालढुंगा–बेनी सडक खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुँदैछ । गण्डकी प्रदेशलाई चीन र भारत सिमासँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्ने उक्त सडक कालोपत्र र स्तरोन्नति गर्न आजदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार आज बिहान...
यु–१९ विश्वकपमा छानिएकी रचना र अग्रज क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
पोखरा । पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दीपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनोट हुन सफल रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई पोखराको क्रिकेट विकासमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।...
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाडौं । हिजो निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने छ । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका विशिष्ट व्यक्तित्व...