Breaking 1

ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन आग्रह
वसिंगटन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथ ग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ । देशभरका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सल्लाह जारी गर्दै नयाँ प्रशासनअन्तर्गत कडा नियमहरूको अपेक्षामा सावधानीपूर्वक आफ्नो यात्राको योजना बनाउन आग्रह गरेको सिएनएनले जनाएको छ । डोनाल्ड...
टेक अफको भ्रम हट्याे
‘एयरबस ३१९’ जहाजले गर्‍याे फुल लोडसहित पोखरा विमानस्थलबाट टेक अफ
पोखरा । सञ्चालन भएको २ वर्ष सम्म पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा व्यावसायिक उडान नभएपछि विमानस्थलको निर्माण र प्राविधिक पक्षबारे विभिन्न अड्कल बाजी र भ्रम छरिएको छ । नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपनि हिजोसम्म गरेर ८ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । विषेशगरी पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण इभेन्ट भएका बेला विशेष गरी...
गण्डकी सरकार
प्रदेश लाेकसेवा आयोगकाे असहमतिकाबीच करारमा कर्मचारी भर्ना गर्न अध्यादेश
पोखरा । गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी राख्ने गरी अध्यादेश ल्याएको छ । चौतर्फी आलोचना र प्रदेश लोक सेवा आयोगको असहमतिबीच प्रदेश निजामती सेवा ऐन २०७९ ले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसैलाई संशोधन गर्न सरकारले अध्यादेशको सहारा लिएको हो । कर्मचारीको अभावमा विकासका काम रोकिएको र पुँजीगत खर्च कम भएको जिकीर सरकारले गरिरहे पनि...
आज डिसेम्बर २५, ‘क्रिसमस डे’ मनाइँदै
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताउनुभयो...
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु
पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालिको आयोजनामा भएको ‘बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव’ १७ गतेसम्म सञ्चालन हुनेछ । ९ दिनसम्म चल्ने महोत्सवमा १७ वटा हट बेलुन एकै पटक पोखराको आकासमा उडाइने छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पु¥याएर पर्यटन क्षेत्रको पुनरुत्थान...
सहकारी ठगीमा पक्राउ परेका छविको अदालतमा बयान सुरु
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका ४४ विरुद्ध जिल्ला अदालतमा बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले आइतबार पुरक अभियोगमार्फत ४४ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको थियो । ठगी प्रकरणमा जोडिएकालाई सोमबारदेखि बयान लिन सुरु गरिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए...
पत्रकार महासंघ कास्कीको नयाँ कार्यसमितिको सपथ तथा पदस्थापन
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको १२ औं महाधिवेशनबाट निर्वाचित  कार्य समितिको आइतबार सपथ तथा पदस्थापन गरिएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट कास्कीमा निर्वाचित पदाधिकारी तथा सदस्य, केन्द्रीय परिषद् सदस्य तथा प्रदेश परिषद् सदस्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सपथ र पदस्थापन गरिएको हो । निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता...
अमरसिंहचौरमा पुस २५ देखि पोखरा महोत्सव
पोखरा । तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको हो । शिक्षा, स्वास्थ्य, खेलकुद...
एनपिएलमा  उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।...
सूर्यदर्शन सहकारीका १९ प्रतिवादीलाई थप बिगो मागसहित पूरक अभियोग
पोखरा ।  पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता भएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।जिल्ला सरकारी वकिलको कार्यालयल कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो । जिल्ला अदालतका...