लागु औषधसहित दुई जना पक्राउ, पाँच दिनको म्याद थप

लागु औषधसहित दुई जना पक्राउ, पाँच दिनको म्याद थप

gaja

पोखरा । लागु औषध गाँजासहित दुई जना युवायुवती पक्राउ परेका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्म्रेमा लागु औषध कारोवार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले सवारी जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

असार १८ गते राति करिब १० बजे लु.प्र.०१–००६ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूलाई जाँच गर्दा लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकल कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा निवासी २१ वर्षीय योगेश रोका मगरले चलाइरहेका थिए भने पछाडि सवार नवलपरासीको गैडाकोट नगरपालिका–८ की १८ वर्षीया साहारा सुनारको झोलाबाट झन्डै २.५ किलो (२ किलो ५०० ग्राम) गाँजा बरामद भएको हो।

गाँजा डिजिटल तराजुमा तौल गरेर पुष्टि गरिएको र लागु औषध ओसारपसार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई लागु औषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। प्रहरीले लागु औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई निगरानीमा राखेर कडाइका साथ कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds