पोखरा । आगामी सातादेखि नेपालमा झरीको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना देखिएको र मंगलबारदेखि करिब एक साता वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जनाएका छन्। मंगलबार भने केही क्षेत्रमा भारी वर्षाको आकलनसमेत गरिएको छ। मौसमविद् पोखरेल सामाजिक सञ्जालमा लेख्छन्, ‘अहिले लगभग सबै मोडेलले बंगालको खाडीबाट...