माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पाेखरा २८ ‌‍‌ओख्लेको भीरमा बस दुर्घटना, पाँचको मृत्यु १४ घाइते
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ओख्लेको भीरमा आज बिहान स्कुल दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । घाइतेको पश्चिमाञ्च क्षेत्रीय अस्पताल र जिएमसी अस्पतालमा उपचार भइरहेको छ । बसमा १९ जना सवार रहेको प्रारम्भिक अनुमान प्रहरीकाे छ । कालिका बोर्डिङ स्कुलको ग २ क १४१७ नम्बर को बस आज बिहान करिब साढे...
पोखरासँगै देशको माैसम तीन दिनसम्म प्रतिकूल रहने
पोखरा । पाेखरासहित  देशको विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम स्थिर नहुने जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र...
टिकटकमा सस्तो कपडा बेच्ने भन्दै अनलाइन ठगी, १७ वर्षीय बालक पक्राउ
पोखरा । सामाजिक सञ्जाल टिकटकमार्फत सस्तो मूल्यमा कपडा बिक्री गर्ने भन्दै अनलाइन ठगी गरेको आरोपमा कास्की प्रहरीले १७ वर्षीय एक बालकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार टिकटकमा Sandhya Collection (@sandhyacollection35) नामको आईडी बनाएर विभिन्न किसिमका कपडा सस्तो मूल्यमा बिक्री गर्ने भन्दै ग्राहकलाई आकर्षित गर्ने गरिएको थियो। खरिद गर्न चाहने व्यक्तिसँग WhatsApp नम्बर ९७०८४७१९११ मार्फत कुराकानी...
चाडपर्वलाई लक्षित गरी पोखरामा यात्रु सहायता कक्ष सञ्चालन
पोखरा । नेपालीहरुको महान पर्व दसैँ लगायत अन्य चाडपर्वहरुलाई लक्षित गरी पोखरामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । पोखराको पृथ्वीचोकस्थित बसपार्क नजिकै रहेको यात्रु सहायता कक्षको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बुधबार उद्घाटन गर्नुभएको छ । सर्वसाधारण एवं यात्रुहरूको आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी...
फेवाताल किनार काेमागाने पार्कमा एक्कासी आगाे लागेपिछ‍‍‍…
पोखरा । पोखराको फेवाताल किनारको कोमागाने पार्क क्षेत्रमा बुधबार बिहानको अवस्था र वातावरण सामान्य थियो । बिहानै पानी परेर खुलेको मौसममा घाम लागिरहेको थियो । तर बिहान करिब ९ः५४ बजेतिर एक्कासी आगो लागेको दृश्य देखियो । त्यसलगत्तै मानिसहरू चिच्याएको आवाज सुनियो । केही बेरमै आगो फैलिन थालेपछि स्थानीय तथा आसपासका मानिसहरू त्रसित भए । तर...
पोखराकाे उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्चको न्यायाधीशमा सिफारिस
पोखरा । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका छन्। मङ्गलबार बसेको न्याय परिषद्को बैठकले लामो समयदेखि उच्च अदालतमा वरिष्ठताको अग्रपङ्क्तिमा रहेका उनलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो। न्याय परिषद्को यो निर्णयसँगै न्यायिक वृत्तमा बागचन्दले ढिलै भए पनि न्याय पाएको चर्चा सुरु भएको छ। यसअघि सर्वोच्च...
पोखरा विश्वविद्यालय नजिकैका ४ छात्रा हाेस्टल विना दर्ता सञ्चालनमा
पोखरा । पोखरा महानगरपालिका–३० खुदी क्षेत्रमा सञ्चालित छ मध्ये चार वटा छात्रा होस्टल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । ‘हेलो सरकार’मा परेको उजुरीका आधारमा पोखरा महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खुदीस्थित एक होस्टलमा विद्यार्थीलाई गुणस्तरहीन खाना खुवाइएको भन्दै परेको उजुरीमाथि छानबिन गरी सत्यतथ्य जानकारी गराउन...
उद्यमी किरण केसीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा युवा नेता तथा उद्यमी किरण केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित केसीले आफ्नो व्यावसायिक अनुभव र दक्षतालाई पार्टी तथा मुलुक निर्माणमा जोड्ने लक्ष्यका साथ उम्मेदवारी दिने निर्णय गरेका हुन्। निजी क्षेत्र र राजनीतिक नेतृत्वबीच सार्थक संवाद बढाउँदै...
मनसुनी वायु कमजोर बन्दै, केहीदिन फाट्टफुट्ट वर्षा
काठमाडौँ ।  यो वर्षको मनसुनी वायु कमजोर हुँदै गएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । ३ अक्टोबर अर्थात् असोज १७ गतेदेखि नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको छ । सामान्यतया मनसुन नेपालमा सरदर जुन १३ मा प्रवेश गर्दछ र अक्टोबर २ मा बाहिरिने गर्दछ । यस वर्ष नेपालमा करिब ६ दिन...
गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट
पोखरा ।  गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘स्टिम प्रयोगशाला’ स्थापना तथा सञ्चालनका लागि अनुदान दिने भएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाले चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक विकास कार्यक्रम माध्यमिक तहमा ‘स्टिम ल्याब’ स्थापना...