माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल
पोखरा। पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको २६ औं साधारण सभा तथा १४ औं अधिवेशनले भुजेललाई नेतृत्व सुम्पिएको हो । उनले आफ्ना प्रतिद्वन्द्वी कृष्ण भण्डारीलाई १४ मतान्तरले पराजित गरे । ३९ प्रतिनिधि रहेको परिषदमा भुजेलले २५ मत प्राप्त गरे । भण्डारीले भने ११ मत मात्रै पाए । निर्वाचनमा ३ मत...
पोखरा ल्याइएका ७६ शव व्यवस्थापन, २१ को सनाखत, ५ अस्पतालमै
पोखरा। बाढीपहिरोका कारण ज्यान गुमाएर पोखरा ल्याइएका १०२ जनामध्ये पहिचान हुन नसकेका ७६ शव जमिन मुनि गाडेर व्यवस्थापन गरिएको छ । पोखरा ल्याइएका शव सोमबार पोस्टमार्टम सकेपछि पहिचान हुन नसकेका शव मंगलबार पोखरा १६ दीपस्थित सेती नदी किनारको जंगलमा व्यवस्थापन गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा राखिएका...
गण्डकीमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री बने,
पोखरा । गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री भएका छन् । गण्डकी सरकारबाट एमालेका ४ जना बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई बुधबार मन्त्रीमा नियुक्त गरेका हुन् । उनले बुधबारै सपथ लिएका छन् । उनलाई पुरानौ ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालयको जिम्मा दिइएको छ । खानेपानी मन्त्री नन्दप्रसाद...
पहिरो–बाढीले राजमार्ग अवरुद्ध, राति आवागमन रोक
काठमाडौँ। देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको बुधबार बिहान ६ः३० बजेसम्मको विवरण अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध भएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–काठमाडौँ चल्ने सम्पूर्ण सवारीसाधनमा रातिको समयमा रोक...
प्रधानमन्त्री राहत कोषमा १ अर्ब ३० करोड रुपैयाँ जम्मा
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो ।...
रसुवा बाढीको वितण्डा
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्र बनाएको छ । हवाई तथा स्थलगत उद्धारसँगै बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरी खोजी कार्य अघि बढाइएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले सोमबार हवाई साधनमार्फत एक जना जर्मन नागरिकसहित...
रसुवा बाढीमा ज्यान गुमाएका नागरिकका परिवारलाई गण्डकी सरकारले जनही १ लाख दिने
पोखरा । रसुवा बाढीमा ज्यान गुमाएका गण्डकी प्रदेश नागरिकका परिवारलाई गण्डकी प्रदेश सरकारले १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने घोषणालाई बैठकले अनुमोदन गरेको छ । गण्डकी प्रदेशका...
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९ सय २५ सम्पर्कविहीन
काठमाडौं । रसुवा बाढीमा ज्यान गुमाउनकाे संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९ सय ३९ शव फेला परेका छन् । प्राधिकरणका अुनसार हालसम्म सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो
काठमाडौँ, रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको छ । विपद् जोखिम न्युनीकरण तथा...
पोखरा ल्याइएका ५७ शवको पोस्टमार्टम, १२ शव परिवारलाई बुझाइयो
पोखरा । रसुवा बाढीमा परी ज्यान गुमाएका १ सय २ व्यक्तिमध्ये ५७ जनाको पोस्टमार्टम सम्पन्न भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका शवमध्ये ४५ वटाको भने पोस्टमार्टम हुन बाँकी छ । अस्पतालले भदौ ११ गतेदेखि विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी शवको परीक्षण, पहिचान र पोस्टमार्टमको काम गरिरहेको छ । पोस्टमार्टम...