खेलकुद

पत्रकार परशुरामलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार
परशुराम शर्मालाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो। उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल...
साफ महिला फुटबलको खेल तालिका सार्वजनिक
दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसीप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ। काठमाण्डौको दशरथ रंगशालामा आउँदो कात्तिक १ गतेदेखि कार्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनसीपको सार्वजनिक भएको खेल तालिकाअनुसार घरेलु टोली नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। साफले निकालेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले कार्तिक २ गते भुटानसँग...
विभागीय पुलिस लामाचौर कप भलिबल पुरुषतर्फको च्याम्पियन
नेपाल पुलिस क्लब, लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ। शनिबार विभागीय डर्बीको रोमाञ्चक फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो। नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसीपको आयोजना गरेको थियो। शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१...
विभागीय एपीएफ महिलातर्फको लामाचौर कप भलिबल च्याम्पियन
विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लामाचौर कप भलिबल महिलातर्फको उपाधि जितेको छ। पोखरामा आयोजित लामाचौर कप भलिबल महिलातर्फ शुक्रबार भएको फाइनलमा टिपटप न्यू डायमण्डलाई हराउँदै विभागीय एपीएफ क्लब विजयी बनेको हो। न्यू डायमण्ड भलिबल टिमलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार जित्यो। उपविजेता डायमण्डले १ लाख पुरस्कार जित्यो। पहिलो र दोस्रो...
वीभागीय डर्बी लामाचौर कप भलिबल पुरुषतर्फको फाइनलमा
विभागीय डर्बी नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पोखरामा जारी लामाचौर कप भलिबलको पुरुषतर्फ फाइनल भिड्ने भएका छन्। विभागीय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा स्थान बनाएको हो। नेपाल पुलिसले एक खेलअगावै फाइनलमा स्थान बनाएको थियो। तर, विहिबारमात्रै अन्य टिमको टुंगो भने लागेको हो। बुधबार निर्धारित समयअनुसार विभागीय...
न्यू डायमण्ड र एपीएफ लामाचौर कप भलिबल महिलातर्फको फाइनलमा
लामाचौर कप भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र टिपटप न्यू डायमण्ड उपाधिका लागि भिड्ने भएका छन्। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१९, लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन्। बिहीबार विहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यू डायमण्डले एपीएफलाई ३–० को सोझो सेटमा हराएर शीर्षस्थानमा रहँदै फाइनल...
लामाचौर भलिबल कपमा ३ खेल
लामाचौर कप भलिबल प्रतियोगितामा आज (बुधबार) ३ खेल सम्पन्न भएका छन्। महिलातर्फ २ र पुरुषतर्फ १ खेल भएको आयोजकले जनाएको छ। महिलातर्फ टिपटप न्यू डायमण्ड र एपीएफले सोझो ३ सेटमा जित निकालेका छन्। पहिलो खेलमा टिपटप न्यू डायमण्डले घरेलु गण्डकी प्रदेश भलिबल एशोसिएसनलाई सहज २५–१३, २५–१६ र २५–१६ को सोझो सेटमा जित निकाल्यो। यो जितसँगै...
लामाचौर कप भलिबल सुरु
साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ। विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो। पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो। गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः...
अरुणा शाहीलाई गण्डकी विश्वविद्यालयको सम्मान
गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ। विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच अरुणालाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले सम्मान गरेका हुन्। कस्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो। हालै, काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा वुमन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत...
पलेशालाई नेपाल सरकारले ६५ लाखको पुरस्कार दिदैं
पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नेपाल सरकारबाट ठूलो राशिको पुरस्कार मिल्दैछ। पलेशालाई नेपाल सरकारले ६५ लाखको रुपैयाँ पुरस्कार दिदैंछ। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५–८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार...