पोखरा । नेपाली सिनियर क्रिकेट टोलीका ओपनर ब्याड्सम्यान तथा अलराउन्डर, पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई पोखराको स्टेप बाइ स्टेप माविले स्वागत तथा सम्मान गरेको छ । विद्यालयमा एक कार्यक्रम आयोजन गर्दै मार्की खेलाडी कुशल भुर्तेलसहित पोखरा एभेन्जर्सको टिमलाई विद्यालयले मायाको चिनो प्रदान गरी आउँदो पहिलो संस्करणको नेपाल प्रिमियर लिगको लागि शुभकामना प्रदान गरेको हो...