खेलकुद

हिमालले जिते लिगलिगे साइकल दौडको उपाधि
हिमाल टमटाले गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि जितेका छन्। उक्त स्पर्धामा अच्युतकृष्ण खरेल दोस्रो र कुमार तामाङ तेस्रो भए। आज (शनिबार) लिगलिगकोटबाट सुरु हुने यस साइकल प्रतियोगिता गोरखा र लमजुङको विभिन्न क्षेत्रसम्म पुगेको थियो। सहभागीले पालुङ्टारकै आपँपिल, हर्मी भञ्ज्याङ, कोयापानी र रिपगाउँ हुँदै पाथीभरा, भण्डारथोकबाट चेपे खोला तरेर लमजुङको गरमबेशीसम्म पुगेर पालुङ्टार...
रोड रेसमा मुकेश र राजपुरा च्याम्पियन
नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेस्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेसमा च्याम्पियन बनेका छन्। खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो भएका हुन्। रन क्लब नेपालद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे। आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो तथा गजेन्द्र राई तेस्रो बने। सञ्जयले निर्धारित दूरी...
देवराज र छेन्बी गोर्खा ट्रेइलबेजर नेपाल धरान च्याम्पियन
पुरुषतर्फ देवराज बस्नेत र महलातर्फ छेन्बीमाया राई गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको च्याम्पियन बनेका छन्। गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको उपाधि पुरुषतर्फ देवराज बस्नेतले र महलातर्फ छेन्बीमाया राईले जितेका हुन्। निर्धारित ८.५ किमी दौड देवराजले ३१ मिनेट २५ सेकेन्डमा पूरा गरे। छेन्बीले ४३ मिनेटमा ७ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनीहरूले जनही...
मछिन्द्र एफसी केपी ओली कप फुटबल च्याम्पियन
मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपको च्याम्पियन बनेको छ। दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो। खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा मछिन्द्रले बाजी मार्‍यो। पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन...
दर्शकको मन जिते खेलाडी सधैँ बाँचि रहन्छ – मुख्यमन्त्री
पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ। प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे। छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे।  उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए। ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक...
मनाङ मर्स्याङ्दी फुटबल क्लब मकवानपुर गोल्ड कप च्याम्पियन
मनाङ मस्र्याङ्दी क्लब पाँचौँ स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। हेटौँडा उपमहानगरपालिका–४ को पिप्ले क्याम्प रंगशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउँदै मनाङ च्याम्पियन बनेको हो। मनाङलाई उपाधि जिताउन रोशन रानामगरले गोल गरे। निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा...
केन्याका स्टेफन दोस्रो पटक पोखरा म्याराथन च्याम्पियन
केन्याका धावक स्टेफन कोसगेईले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा दोस्रो पटक च्याम्पियन बनेका छन्। उनले आज (शनिबार) विहान पोखरामा भएको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको च्याम्पियन बनेसँगै दोस्रो पटक उपाधि हात पारेका हुन्। उनले १६ औं संस्करणमा पनि पहिलो सहभागिता जनाउँदै पहिलो पटक उपाधि उचालेका थिए। सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि...
पोखरा महिला हाफ म्याराथनको उपाधिमा राजपुराको ह्याट्रिक
विभागीय नेपाल पुलिसकी राजपुरा पछाईले पोखरामा भएको १७ औं संस्करणको महिला हाफ म्याराथनको उपाधि जितेकी छिन्। महिलातर्फको हाफ म्याराथनको उपाधि उचाल्दै राजपुराले योसँगै पोखरामा ह्याट्रिकसमेत गरिन्। महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने राजपुरा पहिलो धाविका समेत बनिन्। राजपुराले २१ किमीको निर्धारित दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन्। गत वर्षको उनको समय १ घण्टा...
पोखरा म्याराथन: लमजुङका बस्नेत गण्डकी प्रदेश च्याम्पियन
लमजुङका रामजी बस्नेतले १७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। रामजीले आज (शनिबार) विहान पोखरामा भएको म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धाको उपाधि जितेका हुन्। उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पूरा गरे। उपाधिसँगै बस्नेतले नगद ५० हजार राशी हात पारे। गोखराका निरज भट्ट क्षत्री दोस्रो बन्दै नगद ३० हजार पुरस्कार पाए। उनले...
आशाले जितिन् १० किलोमिटर महिलातर्फको पोखरा म्याराथन
विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) की आशा रावतले १० किलोमिटर महिला तर्फको पोखरा म्याराथन जितेकी छिन्। पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिलातर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशाले जित्दै नगद ३० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारिन्। आशाले निर्धारित दूरी ५० मिनेट १२.३ सेकेण्डमा पूरा गर्दै उपाधि आफनो नाममा लेखाइन्। नेपाल पुलिसकी धाविका बृष्मा कुमालले...