खेलकुद

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार तेस्रो जित
नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङलाई हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको छ। जितसँगै समूह ‘ए’ मा रहेको नेपाल अन्तिम खेल साउदी अरेयिबासँग खेल्नुअघि नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो। हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर...
गण्डकी प्रदेश अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो
बागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको छ। नौ खेल विधामा प्रतिस्पर्धा भएको खेलमा १२२ स्वर्णसहितको प्रतियोगितामा पदक तालिकामा आयोजक बागमति, सूदूरपश्चिम र कोशीसँग पछि पर्दै गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको हो। गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कास्य गरी ४९ पदक प्राप्त गरेको छ। प्रथम संस्करणको सम्पन्न...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जित
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ। आज (शनिबार) नेपालले कतारलाई ३२ रनले हराएको हो। नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो। कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन्। नेपालका लागि ललित राजवंशी, गुल्सन झा...
गण्डकीले जित्यो अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा पुरुष क्रिकेटको स्वर्ण
गण्डकी प्रदेशले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ। चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा मधेश प्रदेशलाई ४१ रनले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो। गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८१ ओभरमा १६० रनमै अलआउट भयो। मधेशका लागि पवन सर्राफले ३५ र...
विभागीय सेनाका सञ्जयले जिते लेखनाथ हाफ म्याराथन
विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथन जितेका छन्। श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार जिते। यसैगरी, सशस्त्र प्रहरी बलका किरण बोगटी म्याराथनमा दोस्रो भए। उनले १ घण्टा ६...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ। आज (शुक्रबार) भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो। मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहित पौडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप...
गण्डकीको पुरुष भलिबल टोलीले जित्यो अन्तर प्रदेश राष्ट्रिय खेलकुदको स्वर्ण
गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले वागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुदका अन्तरगतको भलिबलमा स्वर्ण पदक जितेको छ। सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको पुरुष भलिबल टिमले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। चितवनको भरतपुरमा सम्पन्न फाइनलमा गण्डकीले कोशीलाई पहिलो सेट २५–१८, दोस्रो सेट २५–२२ र तेस्रो सेट...
अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा गण्डकीको महिला भलिबल टोलीलाई रजत पदक
वागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा महिला भलिबलतर्फ गण्डकी प्रदेशले रजत पदकमा चित्त बुझाएको छ। सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा गण्डकी उपविजेता बनेको हो। राष्ट्रिय खेलकुदको भलिबल फाइनलमा गण्डकीको महिला भलिबल टोली आयोजक बागमति प्रदेशसँग ३–० को सोझो सेटमा पराजित हुन पुगेको हो। पहिलो सेटमा केही उत्कृष्ट प्रदर्शन गरेको गण्डकी २५–२२...
पोखरा स्पोर्ट्स अवार्डमा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्य
आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’ अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ। मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन्। भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए। यसअघि, आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग...
‘पोखरा स्पोर्ट्स अवार्ड’ लाई भव्य बनाउन ११ उपसमिति निर्माण
आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ। आगामी बैशाख २१ गते हुने अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो। मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै विगतका वर्षहरुको भन्दा थप अवार्ड कार्यक्रमलाई आकर्षक बनाउनुपर्ने सुझाब दिए। उनीहरुले...