खेलकुद

एसियन गेम्स खेल्ने क्रिकेट टोली चीनतर्फ प्रस्थान, क्यानले गर्‍यो बिदाई
एसियन गेम्सका लागि क्रिकेट खेल्ने नेपाली टोली चीनतर्फ प्रस्थान गरेको छ। चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई क्यानले बिदाइ गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमबीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना समेत दिएको छ। क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो। नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ। नेपालले...
एसियन गेम्स : टेनिसमा प्रदीपको विजयी सुरुवात
१९ औं एसियाली खेलकुद (एसियाड)को दोस्रो दिन लन टेनिसमा नेपालका प्रदीप खड्काले विजयी सुरुवात गरेका छन्। तर, अन्य खेलमा नेपाली खेलाडीले खराब प्रदर्शन गरेका छन्। तेक्वान्दोमा नेपालका प्रेमबहादुर लिम्बु पदक नजिक पुगेपनि क्वाटरफाइनलमै पराजित हुँदै बाहिरिएका छन्।
फिफा वरीयतामा नेपाल १७५ औं स्थानमै यथावत्
फिफा वरीयतामा नेपाल १७५औँ स्थानमै यथावत् छ। यसअघि, पनि नेपाल १७५ औँ स्थानमै थियो। वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ। भारत भने १०२ औँ स्थानसहित पहिलो छ। १५५औँ वरीयता पाएको मालदिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ। दक्षिण एसियामा नेपालपछि भुटान १८४औँ मा छ। उता, बंगलादेश १८९ औँ स्थानमा छ। पाकिस्तान १९७ औँ स्थानमा...
एसियन गेम्स: पुरुष भलिबलमा नेपालमाथि इरानको जित
१९ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल इरानसँग पराजित भएको छ। लगातार दोस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा जितबिहीन रुपमा बाहिरिएको छ। नेपाल आफ्नो पहिलो खेलमा मंगलबार बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो। चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियो। नेपाल २५–९, २५–१५ र...
एसियन गेम्स: नेपाल पुरुष भलिबलको पहिलो खेलमा बहराइनसँग पराजित
एसियन गेम्सअन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा बहराइनसँग ३–१ सेटले पराजित भएको छ। पहिलो सेट जितेपनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार व्यहोरेको हो। पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो। नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ। इरानसँगको खेलपनि हारेमा नेपाल प्रतियोगिताबाट...
गण्डकीलाई लामाचौर कप भलिबलको उपाधि
घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ। मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्‍यो। गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए। लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल...
लामाचौर कप भलिबल : महिलातर्फ पुलिसलाई उपाधि
पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ। सामुदायिक विकास समाजको आयोजनामा सोमबार सम्पन्न फाइनलमा न्यू डायमण्डलाई ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो। प्रतियोगितामा नेपाल पुलिसको महिला टिमका लागि यो लगातार दोश्रो उपाधि समेत् हो। पुलिसले उपाधिसँगै नगद १ लाख ५१ हजार १...
लामाचौर कप भलिबल: पुरुषतर्फ पुलिस र महिलातर्फ डायमण्ड शीर्षस्थानमा
पोखराको लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ डायमण्ड र पुरुषतर्फ पुलिस क्लब शीर्षस्थानमा रहेका छन्। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार राउन्डरोविन लिग चरणको संपूर्ण खेल सम्पन्न हुने भनिएपनि सम्भव नहुँदा फाइनल तथा लिगका अन्य खेल भोली (सोमबार) हुनेछ। महिलातर्फ लिग चरण सम्पन्न हुने स्थिति भएपनि अन्तिम...
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएको छ। संस्थाको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा जित निकाल्यो। इन्द्र राज्यलक्ष्मी माविको...
पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान
पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सहारा क्लबको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित एक कार्यक्रमबीच फोटो पत्रकार पुनलाई पुरस्कार प्रदान गरिएको हो। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नगद, दोसल्ला र सम्मानपत्रबाट पत्रकार पुनलाई सम्मानीत गरे। पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ। पुन झण्डै एक दशकदेखि नागरिक दैनिक...