खेलकुद

स्पेन, चौथो पटक युरो कप च्याम्पियन बन्यो
स्पेन चौथो पटक युरो कफ फुटबलको च्याम्पियन बनेको छ। इंग्ल्याण्डलाई पराजित गर्दै युरोकप–२०२४ को उपाधि जितेसँगै स्पेनले चौथो पटक युरो कप च्याम्पियन बनेको हो। सोमबार राति १२ः४५ मा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधिमाथि कब्जा गरेको हो। स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले १÷१ गोल गरे। स्पेनका...
प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य
रामप्रसाद आचार्य प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुख बनेर आएका छन्। परिषद स्थापनाको ३ वर्षपछि आचार्य महाशाखा प्रमुखका रुपमा आएका हुन्। नेपाल शिक्षा सेवाको अधिकृतस्तर १० औं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन्। विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभवप्राप्त आचार्य यसअघि प्रदेश नीति तथा...
विभागीय आर्मी राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन
विभागीय त्रिभुवन आर्मी क्लब गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसीप’ को फाइनलमा अर्को विभागीय नेपाल पुलिसलाई हराउँदै आर्मी क्लब च्याम्पियन बनेको हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बन्यो।...
म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय पुरुषतर्फको बास्केटबल उपाधि
म्याग्दीको बास्केटबल टिमले गण्डकी प्रदेशस्तरीय बास्केटबल पुरुषतर्फको उपाधि जितेको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा म्याग्दीले उपाधि जितेको हो। फाइनल खेलको ओभर टाइममा म्याग्दीले पर्वतमाथि ७८–६८ को स्कोर निकाल्दै उपाधि जित्यो। निर्धारित समयको खेल दुबै टिमले ६५–६५ को बराबरी स्कोर खेल्दा खेल ओभर टाइमतर्फ धकेलिएको...
पत्रकार रोहितराज पराजुलीलाई वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान
पत्रकार रोहितराज पराजुली वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्डबाट सम्मानीत भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा पराजुलीलाई सो अवार्डद्वारा सम्मान गरिएको हो। पराजुलीलाई दोसल्ला ओढाएर नगद ३५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो। गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी र महासंघ गण्डकीका महासचिव...
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड
पोखराको सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा सहारा क्लबलाई ‘उत्कृष्ट खेल संस्था वा क्लब’तर्फको अवार्डद्वारा सम्मान प्रदान गरिएको हो। सहारा क्लबलाई नगद ३५ हजारसहित ट्रफी प्रदान गरेको हो। यसैगरी, ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरीयताप्राप्त...
एथलेटिक्सकी ईन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अर्पण
एथलेटिक्सकी इन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा इन्द्रालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान प्रदान गरिएको हो। मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो।
भलिबलका रमेस केसी वर्ष उत्कृष्ट प्रशिक्षक
भलिबलका रमेस केसी ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा रमेस वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन्। वर्ष उत्कृष्ट प्रशिक्षक रमेसले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारे। यस विधामा रमेससँगै टेनिसका निरज थापा र...
व्याडमिन्टनकी दिलासा राना वर्ष उदीयमान खेलाडी
व्याडमिन्टनकी दिलासा राना ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट उदीयमान खेलाडी बनेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा दिलासा वर्ष उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी दिलासाले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारिन्। यस विधामा दिलासासँगै क्रिकेटकी ज्योत्सनिका मरासिनी र...
आइटीएफ तेक्वान्दोकी सुस्मिता थापा महिलातर्फको उत्कृष्ट खेलाडी
आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट खेलाडी बनेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा सुस्मिता महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बन्न सफल बनिन्। उत्कृष्ट खेलाडी सुस्मिताले टेल्जीको इलेक्ट्रिक स्कूटर र ट्रफी हात पारिन्। यस विधामा सुस्मितासँगै राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही...