विभागीय पुलिस लामाचौर कप भलिबल पुरुषतर्फको च्याम्पियन

विभागीय पुलिस लामाचौर कप भलिबल पुरुषतर्फको च्याम्पियन

Nepal Police, Lamachaur Cup Volleyball

नेपाल पुलिस क्लब, लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ।

शनिबार विभागीय डर्बीको रोमाञ्चक फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो।

नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसीपको आयोजना गरेको थियो।

शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो।

गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो।

तेस्रो सेटमा पुनः खेलमा फर्कदै पुलिसले २५–१९ ले जित्यो।

तर, चौथो सेटमा एपीएफ खेलमा फर्कदैँ २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो।

अन्तिम सेट समेत निकै रोमाञ्चक बन्यो।

दुवै टिमले निकै संघर्ष गरेपनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो।

पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुम्यो।

उपाधिसँगै पुलिसले नगद १ लाख ५० हजार रुपैयाँ हात पारेको छ।

उपविजेता एपीएफले १ लाख १११ रुपैयाँ हात पारेको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह घोषित भए।

पुलिसकै बलराम गुरुङ उत्कृष्ट सेटर बने।

पुलिसका भिम गाहा उत्कृष्ट डिफेन्डर चुनिए।

पुलिसका सफल विकले उत्कृष्ट ब्लकरको उपाधि हात पारे।

एपीएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर बने।

एपीएफका विजय थापा उत्कृष्ट स्पाइकर चुनिए।

पुलिसका चन्द्र कुवँर उत्कृष्ट प्रशिक्षक घोषित भए।

विधागत उत्कृष्टले समान ५÷५ हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds