महिला साफमा नेपालले पहिलो पटक बराबरी खेल्यो

महिला साफमा नेपालले पहिलो पटक बराबरी खेल्यो

Bhutan-Nepal-Preeti-Rai-Tshering-Lhaden-1536×865

तस्बिर : हाम्राे खेलकुद डटकम

काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको पहिलाे खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेर खराब सुरुवात गरेको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी खेल हो ।

आज साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो । दोस्रो हाफमा नेपालले आक्रामक परिवर्तन गरेपनि गोल निकाल्न सकेन ।

साफमा नेपाल र भुटानको पाँचौ भेटमा पहिलो पटक नेपालले गोल गर्न सकेन । नेपालले साफ च्याम्पियनसिपको समूह चरणको खेलमा गोल नै गर्न नसकेको पनि यो पहिलो हो । प्रतियोगिता अन्तर्गत आइतबार साँझ ५ः३० बजे बंगलादेश र पाकिस्तान खेल्नेछन् । हिजो देखि सुरु भएको खेल कात्तिक १४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

भर्खरै