अर्जेन्टिनाले विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा–अमेरिका’ को उपाधि जितेको छ। फाइनलमा कोलम्बियालाई १–० गोलले हराउदै अर्जेन्टिनाले उपाधि जितेको हो। सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै फाइनलमा पुगेका हुन्। यस्तै, क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो अमेरिकाको मियामीस्थित होर्ड रक स्टेडियममा खेलको ११२ औं मिनेटमा अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गरे।...