पोखरा

अर्थमन्त्री महत पोखरा उद्योग वाणिज्य संघमा
अर्थमन्त्री डा. प्रकाशशरण महतले कोभिडकालीन समयमा चाहिनेभन्दा बढी पूँजी बजार पठाइएको जिकिर गरेका छन्। ‘पहिला चाहिनेभन्दा बढी प्रवाह (पूँजी ) भएकै हो, अहिले अर्थतन्त्रमा मन्दी आएको छ। यसको जिम्मेवारी लिनेले मात्र नभएर दिनेले पनि लिनुपर्छ,’ पोखरा उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको अन्तक्रियामा उनले भने,‘रिभर्स र हार्ड ल्याण्डिङ गराएर हुँदैन।’ उनले मौद्रिक नीतिमार्फत् खुकुलो व्यवस्थाको...
मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुँदै
पोखरा–५, मालेपाटनस्थित सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तीज विशेष कार्यक्रम गर्दैछ। समाजले आउँदै गरेको हरितालिका तीजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तीज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो। तीज विशेष कार्यक्रम अन्तरगत खुला तीज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैँटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा...
पोखरामा कम्पनी रजिष्टार, ठूला करदाता र सामाजिक सुरक्षा कोष कार्यालय स्थापनाको माग
पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्टार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय कार्यालय स्थापनाको माग गरेको छ। संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग राखेको हो। अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती व्यहोर्न परेको प्रष्ट पारे।...
‘१० बुँदे प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गर्दै सकियो अन्तरक्रिया
१० बुँदे ‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गर्दै पोखरामा आयोजना भएको नेपालका प्रज्ञा–प्रतिष्ठानबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठान तथा सुदूर पश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् तथा प्राज्ञ सभाका सदस्यहरूको सहभागिता रहेको थियो। अन्तरक्रिया...
पोखरामा ‘दुई नाटक’ मञ्चन सुरु
कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ। नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो। पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक अब भने ‘बुकिङ शो’ मार्फत मञ्चन हुने...
पोउवा संघको महिला लक्षित सीप र बैंकिङ साक्षरता अभियान
माछापुच्छे« बैंक लिमिटेडकी एकीकृत जोखिम शाखा उपप्रमुख ऋचा पाण्डेले उद्यम गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन महिलाहरुलाई आह्वान गरेकी छन्। उनले लिएको कर्जाको सही सदुपयोग गर्न, विभिन्न सहुलियतको उपयोग गर्न एवं किस्ता र सावाँ भुक्तानी मितिप्रति सचेत रहन पनि आग्रह गरिन्। ‘केही गरौँ भन्ने भावना छ भने ऋण लिन हिच्किचाउनु हुँदैन, बरु लिएको...
पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम
पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सकिएको छ। सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले आज (शनिबार) तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे। सो अवसरमा बोल्दै सुनारले समयसापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई...
पोखरामा नेपालका प्रज्ञा प्रतिष्ठानबीचका प्राज्ञहरुको जमघट
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। मुलुकलाई संघीयतामा लगेपनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको उनको भनाई थियो। ‘हामीले परिवर्तन त गर्‍यौ तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौ। सोही कारण प्रज्ञा प्रतिष्ठानले...
लामाचौर तीज महोत्सव–२०८० को तयारी सुरु
महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ यही भाद्र ३० देखि असोज १ गतेसम्म हुने भएको छ। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेशस्तरीय सितेरियो कराँते...
पोखरा महानगरले गर्‍यो मलको मूल्य निर्धारण
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ। पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको आज (शुक्रबार) बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो। महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण...