पोखरा

पाेखरासहित सुगम ८ विमानस्थल बिहान साढे ४ बजेबाट सञ्चालनमा
पोखरा । चाडपर्वले बढेको हवाई चापलाई घटाउन पोखरासहित मुख्य सुगम विमानस्थल आज  बिहान ४ : ३० बजेदेखि खुला भएका छन् । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम घटस्थापना दिन अर्थात असोज १७ गते आजदेखि कात्तिक १...
जनप्रकाश क्याम्पसको २० औं साधारण सभा
पोखरा । पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिकमा रहेको जनप्रकाश बहुमुखी क्याम्पसको २० औं साधरण सभा बुधबार भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद जीवन परियारले पब्लिक क्याम्पस देशको गहना भएको हुँदा सबै तहका सरकारले संरक्षण र दिगो सञ्चालनको लागि विशेष पहल गर्नुपर्ने बताए । समाज रुपान्तरण र...
भेटीको रकम महेन्द्र मावि र ओमकारेश्वर मन्दिरलाई
पोखरा । नेकपा एमालेका युवा नेता अर्जुन अधिकारीले भेटी वापत संकलन भएको रकम आफू अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् । नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथिका अवसरमा बुधबार भेटी वापत संकलित मध्यको केही रकम महेन्द्र माध्यमिक विद्यालयमा स्व.भरतराज/दुर्गादेवी स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार ५ सय...
विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
पोखरा । पोखराको विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो । वडा प्रहरी कार्यालय बगर र अस्थायी ट्राफिक पोष्ट...
भोलिदेखि पोखरासहित ८ विमानस्थल बिहान साढे ४ बजेदेखि नै सञ्चालन हुने
पोखरा । चाडपर्वले बढेको हवाई चापलाई घटाउन पोखरासहित मुख्य सुगम विमानस्थल भोलिदेखि बिहान ४ : ३० बजेदेखि खुला हुने भएका छन् । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम भोलि घटस्थापना अर्थात असोज १७ गतेदेखि कात्तिक १...
पोखरा महानगर गर्‍याे ज्येष्ठ नागरिकलाई सम्मान
पोखरा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ६ वर्षीय बसुन्धरा बराल र १ सय ३ वर्षीय देवीदत्त तिवारीलाई महानगरले सम्मान गरेको हो । महानगरले दुबै जनालाई उनीहरुकै घरमा पुगेर सम्मान गरेको हो । पोखरा १३ काहुुँखोलाकी बराललाई पोखरा...
सहकारी ठगी
जिबी राइसँग मिलेर सूर्य दर्शन सहकारीको ३ करोड रकम अपचलन गर्ने लीला पछाई पक्राउ
पोखरा । पाेखराकाे सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक डिएसपी वसन्तकुमार शर्माका अनुसार गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थायी घर भई ललितपुर महानगरपालिका वडा नम्बर १५ खुमलटार बस्ने ३२ वर्षीया लीला पछाई पक्राउ परेकी...
अपराध
विभिन्न मुद्दाका १ सय ६ जना फरार प्रतिवादी पक्राउ
पोखरा । अदालतबाट फैसला भई फरार रहेका १ सय ६ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोलीले साउनदेखि हाल सम्म विभिन्न मुद्दामा अदालतको फैसला भइ फरार रहेका १ सय ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेनदेन तथा बैंकिङ मुद्दाका ८५ जना, अभद्र व्यवहार मुद्दाका...
पोखरामा मृत भेटिएका शिशुको अभिभावक खोज्दै प्रहरी
पोखरा । पोखरा १४ चाउथेस्थित विजयपुर खोलामा मृत भेटिएका शिशुको बुबाआमा खोज्न प्रहरी लागि परेको छ । उनको पहिचान अझै खुल्न सकेको छैन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असोज ११ गते जन्मेका शिशु २ दिनपछि मृत भेटिएका थिए । बाबु आमा पहिचान नहुँदा उनको शवको पोस्टमार्टम समेत हुन नसकेको प्रहरीले बताएको छ...
पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव
पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । दशैंको पहिलो...