पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई रुपन्देही पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज रुपन्देही पठाइएको हो ।
गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट आज बिहान ११ बजे रुपन्देही पठाइएको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार रुपन्देहीमा अनुसन्धान सकिएपछि फेरि कास्कीमै ल्याइने छ । जोशी गत असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
This will close in 5 seconds