कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। कवि शिरोमणिकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज (शुक्रबार) जन्मजयन्ती मनाइएको हो। कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठानलगायतका संघसंस्थाद्वारा आयोजित लेखनाथको १३९ औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति थियो। कवि शिरोमणि लेखनाथको जन्म...