रवि लामिछाने र छविलाललाई म्याद थपका लागि अदालत लगिँदै

रवि लामिछाने र छविलाललाई म्याद थपका लागि अदालत लगिँदै

rabi court 3

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति एवं गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने र अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।

हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप्न अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुलाई  जिल्ला अदालत कास्कीले हिरासतमा राख्न यसअघि ६ दिनको अनुमति दिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रवि र छवि दुवै पक्राउ परेका हुन् । साेही प्रकरणा प्रक्राउ परेकी लीला पछाइलाई पनि प्याद थपका लागि अदालत लिगने प्रहरीले बतााएको छ । तीनै जना कास्की प्रहरीको हिरासतमा छन् ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । सहकारीहरुबाट रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

भर्खरै