पोखरा

पोखराको आकाशमा सशस्त्र प्रहरीकाे उद्धार अभ्यास प्रदर्शन
पोखरा । कल्पना गर्नुहोस् त, तपाईं पोखराको सुन्दर दृश्य हेर्दै केवलकारमा सयर गर्दै हुनुहुन्छ र अचानक प्राविधिक कारणले केबलकार बीचैमा रोकिन्छ। वरिपरि भिर, मुनि गहिरो खोँच र तपाईं हावामा झुण्डिनुभएको छ! सुन्दा नै मुटु थर्कने यस्तो अवस्था आइलाग्यो भने के गर्ने?हो, यस्तै आपतकालीन अवस्थामा ‘देवदूत’ बनेर कसरी आउँछन् सुरक्षाकर्मी भन्ने एउटा प्रत्यक्ष नमुना पोखरा १८...
पोखरामा अन्डरग्राउन्ड विद्युत् आयोजनाको प्रगति ६५ प्रतिशत
पोखरा ।  पोखराको मुख्य व्यापारिक क्षेत्रलाई ताररहित बनाउने उद्देश्यसहित सुरु गरिएको विद्युत् तार भूमिगत गर्ने काम उल्लेखनीय चरणमा पुगेको छ । हालसम्म आयोजनाको ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि सेतीपुलसम्मको खण्डमा विद्युत् तार जमिनमुनि गाड्ने काम सकिएको छ । बाँकी क्षेत्रहरूमा भने काम निरन्तर भइरहेको...
सशस्त्र प्रहरी बलको रजत जयन्ती
कालिका गणको आयोजनामा पोखरामा लागु औषध विरुद्ध सचेतना कार्यक्रम
पोखरा । सशस्त्र प्रहरी बल नेपालको स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) को अवसरमा कास्कीको पोखरामा विविध कार्यक्रम गरिएको छ ।  सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका  गण कास्कीले पोखरा–५, मालेपाटनस्थित बराही माध्यमिक विद्यालयमा सचेतनामूलक निबन्ध प्रतियोगिता तथा खेलकुद सामग्री वितरण कार्यक्रम  गरेको हो। गणले गत पुस २१ गते विद्यालयमा ‘लागूऔषध दुर्व्यसनी र...
पोखराका  पर्यटकीय गन्तव्यलाई ‘क्युआर कोड’ बाट जानकारी पाइने
पोखरा ।  पर्यटनको राजधानी सहर पोखरा । पोखराका विभिन्न २४ वटा पर्यटकीय गन्तव्यलाई ‘क्युआर कोड’मा पढ्न र सुन्न पाइने भएको छ । पोखरा आउने पर्यटकलाई यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे जान्न र बुझ्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) को दिगो पर्यटन परियोजनाको सहयोग...
कास्की एमालेका आकांक्षीहरूको सूची सार्वजनिक, पूर्वमन्त्री विद्याले चुनाव नलड्ने
पोखरा ।आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुकाे नाम सिफारिस गरेको छ ।  शनिबार बसेको निर्वाचन क्षेत्र कमिटीहरूको बैठकले सिफारिस गरेका आकांक्षीहरूको सूचीमा निवर्तमान सांसददेखि स्थानीय तहका बहालवाला जनप्रतिनिधिसम्म अटाएका छन्। यसपटकको सिफारिसमा  चर्चाको विषय बनेको छ— पूर्वशिक्षा मन्त्री एवं निवर्तमान सांसद विद्या भट्टराईको नाम समावेश नहुनु। भट्टराईले आफू स्वेच्छाले...
कास्कीमा अनलाइन ठगीको डरलाग्दो रूप: एक वर्षमै १९ करोड गुम्यो, सचेत रहन एसपी कार्कीको आग्रह
पोखरा। कास्कीमा अनलाइन ठगीको जालो भयावह बन्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार पछिल्लो एक वर्षमा मात्रै जिल्लाभित्र अनलाइनमार्फत १९ करोड रुपैयाँभन्दा बढी ठगी भएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको २२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै एसपी कार्कीले यो तथ्याङ्क...
२०२६ लाई स्वागत गर्न लेकसाइड तयार
मध्यरातमा भव्य आतिसबाजी र पोखरा सडक महोत्सवको उल्लास
पोखरा । चिसो मौसम, तर तातो जोस! आज डिसेम्बर ३१, अर्थात् सन् २०२५ लाई बिदा गरेर नयाँ वर्ष २०२६ लाई स्वागत गर्ने विशेष रात। पोखराको लेकसाइड आज झनै उज्यालो र झकिझकाउ हुँदैछ। पोखरा सडक महोत्सवको रौनकले छोपिसकेको लेकसाइडमा आज मध्यरात १२ बजे नयाँ वर्षको ‘काउन्टडाउन’ सँगै भव्य आतिसबाजी (Fireworks) गरिने तयारी पूरा भएको छ। आकाश...
एनसिसी अल्मुनाईका ८ वर्ष
गण्डकी प्रदेश एनसिसी अल्मुनाई एसोसिएसनको लोभलाग्दो प्रगति र सेवा यात्रा
पोखरा । नेपालमा अनुशासित र राष्ट्रप्रेमी युवा जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापित राष्ट्रिय सेवा दल (NCC) को तालिम लिएका भूतपूर्व क्याडेटहरूको संगठन ‘एन.सि.सि. अल्मुनाई एशोसिएसन’ (NCCAA) गण्डकी प्रदेशले आफ्नो स्थापनाको ८ औँ वर्षको यात्रामा सामाजिक सेवा र राष्ट्रिय एकताको एउटा बलियो खम्बाको रूपमा आफूलाई उभ्याएको छ। यो एसोसिएसन नेपाली सेनाको फूलबारी ब्यारेक भित्र रहेको...
पोखराका युवा पत्रकार धनबहादुर काठमाडौंमा पुरस्कृत
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा  युवा पत्रकार  धनबहादुर गुरुङ ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीसहित ६ जना पत्रकार पुरस्कृत भएका हुन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनीहरूलाई पुरस्कार प्रदान गरे । संघले हरेक...
सोह्रौँ राष्ट्रपति रनिङ सिल्ड तथा पाँचौ मेयर कप भाेलिदेखि पाेखरामा, ४ सय ४ पदमा प्रतिष्पर्धा 
पोखरा  ।  पोखरामा भाेलि देखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पोखरा महानगर खेलकुद विकास समितिले  दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीप...