समाचार

दसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
पोखरा ।  आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन भएको छ  । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने...
आजको मौसम
गण्डकीसहित ३ प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा सामान्यता मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी,...
आजदेखि खुले दसैंमा बन्द भएका सरकारी कार्यालय
पोखरा ।  नेपालीहरुको महान पर्व दसैंका  बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् । दसैं मनाउन गाउँ गएकाहरु फर्किन थालेपछि पोखरा बजारमा पनि चहल पहल बढेको छ । आज दसैंके टीका पछिको त्रयोदशी हो ।...
अपराध
धारिलो हतियार प्रहार गरी श्रीमान गरे श्रीमतीको हत्या
झापा । झापामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-३ का ४९ वर्षका वीरबहादुर चौहानले सोमबार  दिउँसो आफ्नै श्रीमती ३७ वर्षीया मुनाको हत्या गरेको प्रहरीले बताएको छ । श्रीमतीको हत्या गरेर फरार भएका उनलाइ प्रहरीले साँझ पक्राउ गरेको हो । वीरबहादुरलाई खुदुनाबारी प्रहरी चौकीको टोलीले जुकेखाडी जंगलमा लुकीछिपी हिँड्डुल गरिरहेको बेला पक्राउ...
मर्मत गर्न आजदेखि ३ दिन मनकामना केबलकार बन्द
चितवन । मनकामना केबलकार मर्मत सम्भारका लागि आजदेखि ३ दिन बन्द भएको छ । आजदेखि कात्तिक १ गतेसम्म केबलकार बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा...
पोखराका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन
पोखरा । पोखरा १६ का स्थायी बासिन्दा पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले...
गण्डकीसहित ३ प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशका गण्डकीसहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ भने स्थानीय बायुको पनि आंशिक प्रभाव छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको...
प्रतिकुल मौसमले पाँच रुसी आरोहीको शव १ सातादेखि धौलागिरि हिमालमै  
पोखरा । धौलागिरि हिमाल आरोहणका क्रममा गत असोज २२ गते ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव ल्याउन समस्या भएको छ । अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ गत असोज २० गते आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । हाइक्याम्पमा बास बसेर त्यहाँबाट माथि जानेक्रममा उनीहरु सम्पर्कविहीन भएको आइएम ट्रेकिङ एन्ड...
दसैंको टीका र जमरा लगाउने क्रम जारी, दसैं मनाउन गाउँ गएका फर्किन थाले
पोखरा । विजया दशमीको टीकाको आज तेस्रे दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ । विजया दशमीको मुख्य दिन अस्ति टीका लगाउन नभ्याएकाहरुले आज मान्यजनबाट टीका ग्रहण...
दुर्घटना
दसैंमा ससुराली आएका ज्वाईंको मादीले बगाउँदा मृत्यु
तनहुँ । नुहाउने क्रममा मादी नदीले बगाउँदा तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार नवलपुरको गैंंडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनुहँले बताएको छ। पोख्रेल नुहाउन लागेको ठाउँ भन्दा करिब एक किलोमिटर तल पोख्रेलको उनको शव फेला परेको हो । प्रहरीका...