समाचार

कांग्रेस विशेष महाधिवेशन
महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा...
निर्वाचन आउन ५१ दिन बाँकी
  बन्दसूचीमा रहेका ८५ जनाले नाम लिए फिर्ता
काठमाडौँ ।  प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन...
कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी
काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज बिहान ९ बजेदेखि बन्दसत्र पुनः...
बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ साँडीघाँटीमा आज बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता, इन्स्पेक्टर सुरज सिंहले जानकारी दिए । मृतक तीनैजना पुरूष छन् ।...
देउवा नेतृत्वको कार्यसमितिलाई कांग्रेस विशेष महाधिवेशनले विघटन गर्ने
पोखरा । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने भएको छ । महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि समाप्त भइसकेकाले त्यसलाई भंग गरी १५ औँ महाधिवेशन नहुँदासम्मका लागि नयाँ कार्यसमिति चयन गर्ने उल्लेख गरिएको छ । यो निर्णयसँगै कांग्रेसभित्रको आन्तरिक सत्ता समीकरणमा ठुलो...
निर्वाचनका लागि प्रहरीमा आजदेखि आवेदन खुला
काठमाडौैं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरीको भर्ना आवेदन खुलाएको छ । आवेदन दिने समय शुक्रबारदेखि १ माघसम्म तोकिएको छ । सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीका लागि केही दिनमै आवेदन खुलाउने तयारी गरेको छ । निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्दै छ । जसमा नेपाली सेना,...
निर्वाचन ५५ दिन बाँकी
१० हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था...
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । उपभोक्ता संरक्षण ऐन,...
असावधानीले आगलागीका घटनामा वृद्धि
काठमाडौँ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्का कारण कुल रु १० लाख १२ हजारबराबरको क्षति...
एमालेले राष्ट्रियसभामा रामकुमारी झाँक्रीलाई पठाउने
रुपन्देही । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने भएको छ । लुम्बिनी प्रदेशको महिलातर्फ उनलाई उम्मेदवार बनाउने निश्चित भएको एमालेका एक नेताले  जानकारी दिए ।  झाँक्रीले गुल्मीको क्षेत्र नं २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै आएकी थिइन् । तर त्यहाँको क्षेत्रीय कमिटीले अहिलेको अवस्थामा उपाध्यक्ष गोकर्ण विष्टलाई...