समाचार

मर्मत गर्न आजदेखि ३ दिन मनकामना केबलकार बन्द
चितवन । मनकामना केबलकार मर्मत सम्भारका लागि आजदेखि ३ दिन बन्द भएको छ । आजदेखि कात्तिक १ गतेसम्म केबलकार बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा...
पोखराका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन
पोखरा । पोखरा १६ का स्थायी बासिन्दा पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले...
गण्डकीसहित ३ प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशका गण्डकीसहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ भने स्थानीय बायुको पनि आंशिक प्रभाव छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको...
प्रतिकुल मौसमले पाँच रुसी आरोहीको शव १ सातादेखि धौलागिरि हिमालमै  
पोखरा । धौलागिरि हिमाल आरोहणका क्रममा गत असोज २२ गते ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव ल्याउन समस्या भएको छ । अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ गत असोज २० गते आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । हाइक्याम्पमा बास बसेर त्यहाँबाट माथि जानेक्रममा उनीहरु सम्पर्कविहीन भएको आइएम ट्रेकिङ एन्ड...
दसैंको टीका र जमरा लगाउने क्रम जारी, दसैं मनाउन गाउँ गएका फर्किन थाले
पोखरा । विजया दशमीको टीकाको आज तेस्रे दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ । विजया दशमीको मुख्य दिन अस्ति टीका लगाउन नभ्याएकाहरुले आज मान्यजनबाट टीका ग्रहण...
दुर्घटना
दसैंमा ससुराली आएका ज्वाईंको मादीले बगाउँदा मृत्यु
तनहुँ । नुहाउने क्रममा मादी नदीले बगाउँदा तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार नवलपुरको गैंंडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनुहँले बताएको छ। पोख्रेल नुहाउन लागेको ठाउँ भन्दा करिब एक किलोमिटर तल पोख्रेलको उनको शव फेला परेको हो । प्रहरीका...
अपराध
डडेल्धुरामा बालिकाको हत्या, पोखरा बजारका व्यापारी पक्राउ
डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया बालिकाको हत्या भएको छ । बालिकाको हत्या आरोपमा एक व्यापारी पक्राउ परेका छन् । अमरगढी नगरपालिका ७ पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर फालेको अवस्थामा बालिकाको शव फेला परेको थियो । अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा सोही नगरपालिकाको पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी...
पोखरा महानगर भित्रका सडक अब ब्रुमरले सफा गरिने
पोखरा । पोखरा महानगर भित्रका सडकलाई अब मेसिन प्रयेग गरी सफा गरिने भएको छ । पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक सफा गर्न स्वीपर मेसिन (ब्रुमर) ल्याएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गरेको ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ । महानगरका मुख्य सडकहरूमा सवारीको चाप...
कैदीबन्दीले आफन्तको हातबाट लगाए टीका
तनहुँ । बडादसैँको मुख्य दिन तनहुँ जिल्ला कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५:३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको...
असहाय बालबालिकाले लगाए वृद्धाश्रममा टीका
पोखरा । पोखरा महानगरपालिका–१७ स्थित वृद्धाश्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चमा आश्रित बालबालिकाले पनि हिजो टीका लगाएका छन् । मञ्चमा आश्रित २५ जना बालबालिकालाई सामूहिक रूपमा टीका लागएर स्वादिष्ट भोजन गराइएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए । वृद्धाश्रमका ४७ जना जेष्ठ नागरिकलाई पनि भोजन गराइएको थियो । दुवै संस्थामा आश्रित जेष्ठ नागरिक र...