Main News 2

 ‘मगर जातिको इतिहास र भर्तीको फन्दा’को परिचर्चा
पोखरा । र्‍याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा पत्रकार, इतिहासकार, लेखक अधिवक्ता मनोज घर्तीमगरका कृतिहरूमा आधारित रहेर “मगर इतिहासदेखि भर्तीको फन्दासम्म’’ विषयक परिचर्चा कार्यक्रम गरिएको छ ।  पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा लेखक मेजन पुनले...
भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’
काठमाडौं । चीनले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका दुई पूर्वरक्षामन्त्री तथा कम्युनिस्ट पार्टीका नेतालाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ । भ्रष्टाचारको मामिलामा दुई पूर्वरक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो । बीबीसीका अनुसार, चिनियाँ अदालतले पूर्व रक्षामन्त्रीहरूविरुद्ध ठूलो परिमाणमा घुस लिएको र शक्ति दुरुपयोग गरेको निष्कर्ष निकाल्दै यस्तो फैसला गरेको हो ।...
कास्कीकाे पर्यटकीय गाउँ ल्वाङमा २ दिने ‘सिनेमा संवाद’ हुँदै
पोखरा । कास्कीको माछापुच्छ्रे  गाउँपालिकास्थित पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी वैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको  सचिव सुरेश सुनारले जानकारी दिए । नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा...
तीन वटै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा
काठमाडौं । तीन वटै सरकारी बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका हुन् ।...
त्रिकोणात्मक शृङ्खला : नेपाल ‘ए’ले आज स्कटल्यान्डसँग खेल्दै
काठमाडाै‌ं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ। आज (बिहीबार) देखि सुरु हुने उक्त शृङ्खला यही वैशाख २८ गतेसम्म चल्ने क्यानले जनाएको छ। त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन्। खेल तालिका अनुसार नेपाल ‘ए’ले आज पहिलो खेल स्कटल्याण्ड, वैशाख २५ गते दोस्रो...
पश्चिमी वायुको प्रभावले बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाकाअनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु...
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
पोखरा । सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ । दुईदिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । पोखरामा विशेषगरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको १० प्रतिशत थप पर्यटकहरू...
बुद्व विशाल बजारका व्यवसायीले गण्डकी मेडिकल कलेजमा उपचार गराउदा छुट पाउने
पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखराका सबै व्यवसायीले गण्डकी मेडिकल कलेजले सञ्चालन गरिरहेको हस्पिटल सेवामा १० देखि २० प्रतिशत छुट पाउने बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुँवरले बताएका...
संकटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा
पोखरा । पाेखरामा  जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गतेदेखि पोखरा रङ्गशालामा सुरु भएको प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । खेलमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको...
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
पोखरा । फेवातालको जलाधार क्षेत्र संरक्षणका लागि चार वर्षअघि बनाइएको ‘फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना’ कार्यान्वयन हुने भएको छ । आर्थिक वर्ष २०७८/८९ मा बनेको उक्त योजना कार्यान्यवनका लागि वन तथा भू–संरक्षण विभाग, बृहत् जलाधार व्यवस्थापन केन्द्र, गण्डकी र कास्कीस्थित जिल्ला भू–तथा जलाधार संरक्षण समितिले पहल थालेका हुन् । सरकारले गत चैत १३ गते जारी...