Main News 2

आज एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना
पोखरा । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आंशिक प्रभावका कारण हाल देशका विभिन्न स्थानमा बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली...
पोखराका व्यवसायीलाई कर अभिलेखिकरणमा जोडिन वडा अध्यक्ष पराजुलीको आग्रह
पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीबीच व्यवसायीका समस्या समाधान तथा कर अभिलेखिकरणका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । एशोसियसनको कार्यालयमा राखिएको कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडा भित्रका व्यवसायीलाई कसरी सहजीकरण गरेर व्यवसायीका विभिन्न समस्याहरूलाई समाधान गर्ने सकिन्छ भन्ने...
फोटो पत्रकारिता दिवसमा पोखरामा फोटो प्रदर्शनी
पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले ९९ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ । फोटो पत्रकारिता दिवसका अवसरमा पोखरा ३ नदिपुरस्थित कोर्टयार्ड (मिनमार्ट) प्रांगणमा वैशाख १३ गते आइतबार फोटोमा ६२,७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गर्न लागिएको संस्थाका अध्यक्ष राम गुरुङले जानकारी दिए । नेपालमा पछिल्लो ३ दशक यता...
पोखरा २८ मा मानव वेचविखन विरुद्धको स्थानिय समिती गठन
पोखरा । महिला तथा बालबालिकाको सवालमा काम गर्दै आईरहेको संस्था बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीको आयोजना तथा गुड सेर्फड इन्टरनेशनल फाउण्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र वडा कार्यालय पोखरा २८ को समन्वयमा ‟मानव वेचविखन विरुद्धको स्थानिय समिती गठन” गरिएको छ । पोखरा २८ को कार्यालयमा आयोजित भेलाले वडा अध्यक्ष श्रीकृष्ण लामीछानेको संयोजकत्वमा...
संक्रामक रोग नियन्त्रण गर्न पाँच करोडको कोष स्थापना
पोखरा।  गण्डकी प्रदेश सरकारले बेलाबेलामा देखा पर्ने सङ्क्रामक रोगहरूको उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन विशेष कोष स्थापना गरेको छ । गत महिना बागलुङमा फैलिएको दादुराले महामारीको रूप लिँदा उपचार र नियन्त्रणका लागि स्रोत अभाव भएपछि सरकारले छुट्टै कोष बनाउने निर्णय लिएको हो । बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता...
प्रहरी समायोजन नहुँदा प्रशासनिक जटिलता : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय शासन प्रणाली अनुसार नेपाल प्रहरी समायोजन नहुँदा प्रशासनिक जटिलता भएको बताउनुभएको छ । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको नवनिर्मित भवनको बिहीबार पोखरामा उद्घाटन गर्दैे मुख्यमन्त्री पाण्डेले प्रहरी समायोजन प्रक्रिया पूर्ण नहुँदा प्रदेशले विनियोजन गरेको बजेट कार्यान्वयनमा केही प्रशासनिक जटिलता देखिएको उल्लेख गर्नुभयो । उहाँले प्रहरी समायोजनको दीर्घकालीन समाधान...
१० औं पोखरा स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको सहयोग
पोखरा । १० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रूप अफ पोखराले सघाउने भएको छ । रारा तयारी चाउचाउको टाइटल स्पोन्सर र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका लागि विगतमा जस्तै सहयोगलाई निरन्तता दिने भएको हो । टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्मा...
पोखरामा पर्यटकसँगलाई अनावश्यक दुख दिने १६ महिला पक्राउ
पोखरा । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडबाट १६ जना महिलाहरु पक्राउ परेका छन् । रातको समयमा आन्तरिक एवं वाह्य पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा एकैपटक यति ठूलो संख्यामा महिलाहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट गएराति खटिएको प्रहरी टोलीले राति...
मादी गाउँपालिकालाई टुक्र्याउन प्रस्ताव
पाेखरा । कास्की जिल्लाको मादी गाउँपालिकाका बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक कार्यकर्ताहरुको भेलाले मादी गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउन  प्रस्ताव गरेको छ । मादी गाउँपालिकाका ८,९,१०,११,१२ वडाका बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक कार्यकर्ताहरुको भेलाले मादी गाउँपालिका अत्यन्त ठूलो भएकाले प्रशासनिक सेवा लिन कठिन भएको निस्कर्स निकाल्दै गाउँपालिका टुक्याउने निर्णय गरेको हो । भौगोलिक हिसाबले विकट, छरिएर...
पोखरा स्पोर्टस् अवार्डलाई सहारा क्लबको साथ
पोखरा । सहारा क्लब पोखराले पोखरा स्पोर्टसअवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिनेभएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कारराशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्चगण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आगामी बैशाख १८ गतेपोखराको ईभेन्ट सेन्टरमा १० औं संस्करणको...