Main News 2

नयाँ वर्षमा पोखरामा ‘स्वीप अप्रेसन’ : ४१ सवारी साधन र १८ जना कारबाहीमा
पोखरा । नयाँ वर्ष २०८३ को अवसर पारेर कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत १८ जना व्यक्ति र ४१ वटा सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाइहरूले बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, मापसे/लापसे गरी सवारी चलाउने, सवारी...
चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघ नेपाल कास्कीले गरेका कामहरुको प्रशंसा गरे । उनले संघले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै...
फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड
पोखरा । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय...
पर्सामा प्रहरी जवानको हत्या आराेपमा चार जना पक्राउ
पर्सा । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विकास चौरसियाको पर्सामा हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका–९ मुर्लीस्थित फिरोज मियाँको घरमा आइतबार साँझ करिब ५ बजे प्रहरी जवान...
३५ प्लस भेट्रान्स फुटबलको उपाधिका लागि एनके र न्युरोड आज  भिड्ने
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड  फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् ।  उक्त खेल आइतबार दिउँसो १ बजे हुने खेल संयोजक र्यामोस गुरुङले जानकारी दिए । गुरुङका अनुसार आज (शनिबार) भएको पहिलो सेमिफाइनल खेलमा मेजर एफसीलाई पेनाल्टी सुटआउटमा...
राखी मिजुरे सडकको लागि एघारौं दिनसम्म आईपुग्दा ४०० जना श्रमदाताले गरे श्रमदान
पाेखरा । कास्कीको पुरानो सडक राखी मिजुरेको विकासका लागी त्यस भेगका सामाजिक अभियान्तहरुले शुरु गरेको जनश्रमदान अभियानको एघारौं दिन पुग्दा ४०० जना श्रमदाताहरु स्वतस्फूर्त उत्साहका साथ जोडिनुभएको छ । आठौं दिन पुगेपछी अभियान सन्चालन कार्यसमिती, सल्लाहकार तथा अनुगमन समितिको संयुक्त बैठक सम्पन्न गरि समीक्षा समेत गरिएको थियो । बैठकले उत्साहजनक रुपमा सहभागिता जनाउनुहुने श्रमदाताहरुप्रति धन्यवाद...
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन
पोखरा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले नयाँ वर्षको शुभकामना आदानप्रदान सहित २०८३ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । कार्यसमिति,उपसमिति सल्लाहकार सहितको उपस्थितिमा भएको क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशब बहादुर खत्रीले ब्यवसायी साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार पोखराको...
पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
पोखरा । पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। महिला फुटबल प्रतियोगिताको अभाव खेप्दै आएको पोखरामा अब भने यस्तो प्रतियोगिता सञ्चालन हुने निश्चित भएको हो। महिला फुटबलको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आरएस पोखरा फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको तयारी तीव्र पारिएको छ भने आगामी वैशाख...
पोखरा स्पोर्टस् अवार्ड
 पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन...
राखेपलाई फिफाको सातदिने अल्टिमेटम
काठमाडाैं ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपलाई सात दिनभित्र निलम्बन फुकुवा नगरे अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा पेस गर्ने चेतावनी दिएको छ। फिफाले  ‘राखेपको कार्यकारी समितिको निर्णयअनुसार एन्फालाई तीन महिनाका लागि निलम्बन गरिएको’ उल्लेख गरेको छ। उसले भनेकाे छ, ‘हामीलाई यो पनि जानकारी भएको छ कि राखेपले एन्फालाई जारी चुनावी प्रक्रिया...