Main News 2

राजनीति
एमाले कास्कीले असोज १७ गते चियापान कार्यक्रम गर्दै
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार विजया दशमीको घटस्थापनाको दिन असोज १७ गते पोखरा...
पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई
पोखरा । पोखराको पर्यटकी ठाउँ पुम्दीभुम्दीमा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको...
सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च, ५० ढाेका खाेलियाे
सप्तरी । लगातारको झरीले सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा ४ लाख १९ हजार क्युसेक पानी छ । पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ ब्यारेजका सबै ५६ ढोका...
पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दाैड आज, १०४ धावक सहभागी हुँदै
पोखरा । विश्व पर्यटन दिवको अवसरमा आज पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड प्रतियोगिताको हुँदैछ ।  ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइनद्वारा आयोजित दौड आज  बिहान ७ बजेदेखि सुरु हुनेछ । दौडमा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १ सय ४ जनाले भाग लिँदैछन् ।...
प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १ सय ४ धावक सहभागी हुने
पोखरा । विश्व पर्यटन दिवको अवसरमा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइनद्वारा आयोजित दौड असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुनेछ । दौडमा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १ सय ४...
२७ वर्षीय युवकद्वारा गोली हानेर श्रीमतीकाे हत्या, बाबु घाइते 
सर्लाही । सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । घटनामा एक जना घाइते भएका छन् । २७ वर्षीय धीरेन्द्र यादवले गोली हानेर आफ्नै श्रीमतीको हत्या...
चट्याङ लागेर जनप्रतिनिधि घाइते
पोखरा । रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएकी छन् । मंगलबार बिहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ वर्षीया कृष्णकुमारी घर्ती घाइते भएकी हुनु । रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्यङले बाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।...
सिरहामा छोराको कुटाइले बाबुको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा
सिराहा असोज ९ । सिरहामा छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ । औरही गाउँपालिका–३ खजनपुर टोलकमका ६५ वर्षीय भालेश्वर यादवको उनका छोराको कुटाइबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले उनलाई कुटपिट गरेका थिए । गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल...
कास्की प्रहरी प्रमुख थापाको सुरुवा, श्यामबाबु ओलिया आउने
पोखरा ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) मोहनुकमार थापाको सुरुवा भएको छ । उनको प्रहरी प्रधान कार्यालय मानव अधिकार उलंघन अनुगमन इकाइमा सरुवा भएको हो । थापाको ठाउँमा शयमबाबु ओलिया आउने प्रहरी प्रधान कार्यालय जानकरी दिएको छ । उनको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा कैलाली धनगढीबाट...
४२ लाखका च्यांग्रासहित फरार फकिर पक्राउ
पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका...