Main News 2

सहकारी ठगी
जिबी राइसँग मिलेर सूर्य दर्शन सहकारीको ३ करोड रकम अपचलन गर्ने लीला पछाई पक्राउ
पोखरा । पाेखराकाे सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक डिएसपी वसन्तकुमार शर्माका अनुसार गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थायी घर भई ललितपुर महानगरपालिका वडा नम्बर १५ खुमलटार बस्ने ३२ वर्षीया लीला पछाई पक्राउ परेकी...
दशैंका लागि आइतबारदेखि सुकिला नोट साट्न सुरु, कस्तोलाई भनिन्छ सुकिला नोट ?
पोखरा । विजया दशमीको घटस्थापना आउन अब २ दिन बाँकी छ । विजया दशमीलाई लक्षित गरी नेपाल राष्ट्रय बैंकले सुकिला नोट सटही सुरु गरेको छ । आइतबारदेखि सुरु भएको नोट सहटी २२ गतेसम्म जारी रहने छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आइतबारदेखि गण्डकी प्रदेशको पोखरामा रहेको बैंकको प्रादेशिक कार्यालयसहित सातै प्रदेशमा रहेका...
पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव
पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । दशैंको पहिलो...
राजनीति
एमाले कास्कीले असोज १७ गते चियापान कार्यक्रम गर्दै
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार विजया दशमीको घटस्थापनाको दिन असोज १७ गते पोखरा...
पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई
पोखरा । पोखराको पर्यटकी ठाउँ पुम्दीभुम्दीमा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको...
सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च, ५० ढाेका खाेलियाे
सप्तरी । लगातारको झरीले सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा ४ लाख १९ हजार क्युसेक पानी छ । पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ ब्यारेजका सबै ५६ ढोका...
पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दाैड आज, १०४ धावक सहभागी हुँदै
पोखरा । विश्व पर्यटन दिवको अवसरमा आज पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड प्रतियोगिताको हुँदैछ ।  ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइनद्वारा आयोजित दौड आज  बिहान ७ बजेदेखि सुरु हुनेछ । दौडमा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १ सय ४ जनाले भाग लिँदैछन् ।...
प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १ सय ४ धावक सहभागी हुने
पोखरा । विश्व पर्यटन दिवको अवसरमा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइनद्वारा आयोजित दौड असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुनेछ । दौडमा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १ सय ४...
२७ वर्षीय युवकद्वारा गोली हानेर श्रीमतीकाे हत्या, बाबु घाइते 
सर्लाही । सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । घटनामा एक जना घाइते भएका छन् । २७ वर्षीय धीरेन्द्र यादवले गोली हानेर आफ्नै श्रीमतीको हत्या...
चट्याङ लागेर जनप्रतिनिधि घाइते
पोखरा । रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएकी छन् । मंगलबार बिहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ वर्षीया कृष्णकुमारी घर्ती घाइते भएकी हुनु । रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्यङले बाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।...