Main News 2

पोखरा बुद्धचोकको जुत्ता पसल पुरै जल्यो
पोखरा । पोखराको बुद्धचोकमा रहेको एक जुत्ता पसलमा आगलागी भएको छ । द स्केट पार्क प्रालिमा सोमबार राति आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति सवा ८ बजेतिर सुरु भएको आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा ९ बजे नियन्त्रणमा आएको थियो । फलामे ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट...
आज विश्व बसोवास दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज विश्व बसोवास दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिगो सहरी विकास प्रवद्र्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न दिवस मनाउन थालिएको हो । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र संघीइ मानव बसोवास कार्यक्रम आह्वानमा यो दिवस मनाउन थालिएको हो ।...
नवरात्रको चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै
पोखरा । नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण...
पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने
पोखरा ।  पोखरामा  नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । यही असोज ३० गतेदेखिआगामी कात्तिक ३ गतेसम्म होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । पूर्ण योगामा हुने महोत्सवको  पूरा भएको   पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालकाे प्रवर्द्धन गर्ने उद्धेश्य...
पोखरा महानगरको पसल अनुुगमन
पोखरा । पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ । नेपालीहरुको पर्व बडा दशैं नजिकिएसँगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुुगमन गरिएको हो । पोखरा वडा नम्बर २ रहेका भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एन्ड...
नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै
पोखरा । दशैंको आज दोस्रो । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदैछ । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । सेतो कपडा लगाएकी, दायाँ...
विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
पोखरा । पोखराको विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो । वडा प्रहरी कार्यालय बगर र अस्थायी ट्राफिक पोष्ट...
सहकारी ठगी
जिबी राइसँग मिलेर सूर्य दर्शन सहकारीको ३ करोड रकम अपचलन गर्ने लीला पछाई पक्राउ
पोखरा । पाेखराकाे सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक डिएसपी वसन्तकुमार शर्माका अनुसार गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थायी घर भई ललितपुर महानगरपालिका वडा नम्बर १५ खुमलटार बस्ने ३२ वर्षीया लीला पछाई पक्राउ परेकी...
दशैंका लागि आइतबारदेखि सुकिला नोट साट्न सुरु, कस्तोलाई भनिन्छ सुकिला नोट ?
पोखरा । विजया दशमीको घटस्थापना आउन अब २ दिन बाँकी छ । विजया दशमीलाई लक्षित गरी नेपाल राष्ट्रय बैंकले सुकिला नोट सटही सुरु गरेको छ । आइतबारदेखि सुरु भएको नोट सहटी २२ गतेसम्म जारी रहने छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आइतबारदेखि गण्डकी प्रदेशको पोखरामा रहेको बैंकको प्रादेशिक कार्यालयसहित सातै प्रदेशमा रहेका...
पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव
पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । दशैंको पहिलो...